Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

भारतबाट दैनिक सयौँ नेपाल भित्रिँदै : जिल्लामा त्रास बढ्दो, सबै क्वारेन्टिनम भरिभराउ

दैलेख । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण छ भन्ने सबैको पिसिआर परीक्षण गरी नसक्दा सर्वसाधारण त्रसित बनिरहेको अवस्था छ ।

अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी कर्णाली प्रदेशमा भित्र्याउने काम तीव्रगतिमा भइरहेको छ । बिहीबार मात्र भारतको रूपडिया नाकाबाट आएका एक हजार ६७२ मध्ये दैलेखका ७२७ जना छन् । दैलेखका कोरोना सङ्क्रमित ती युवक कर्णाली प्रदेशकै पहिलो भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपूर्व सयौँ व्यक्ति दैनिक आएका छन् । त्यस्तै दिनहुँ सयौँ व्यक्तिलाई उद्धार गरी ल्याउने क्रम रोकिएको छैन । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि हुँदा पनि सङ्क्रमण फैलिन नदिन कुनै ठोस सावधानी नअपनाइँदा सर्वसाधारणमा त्रास फैलिरहेको छ ।

कोरोना सङ्क्रमितको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा ३८ घण्टासम्म छिनोफानो गर्न नसक्दा चिन्ता बढेको नेपाल बार एशोसिएसन दैलेखका अध्यक्ष माधव अधिकारीले बताए । भएका क्वारेन्टिनम पनि न्यूनतम मापदण्ड नपु(याइएका र सबै भरिभराउ छन् भने कतिपय दैलेखका ती युवकलाई सङ्क्रमण पुष्टि हुनुपूर्व नै हटाइसकेका छन् । उनले भने, “अब झन् कोरोना भुसझैँ सल्कने खतरा बढ्ने देखिन्छ । कोरोना पुष्टि भएको ३८ घण्टासम्म कहाँ उपचार गर्ने कसरी गर्ने भन्ने अन्योलमै बित्यो ।”

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल बुधबार दिनभर दैलेख आएर अन्तिममा सरस्वती माविमा निर्माण गरिएको आइसोलेशनमा उपचार गर्ने निष्कर्षसहित फर्किए । “हाम्रो सरकारको यो हालत छ । अब एक जनामा कोरोना देखिँदा त अवस्था कठिन भयो भने भोलि सयौँमा फैलिए कस्तो अवस्था आउला, समयमै होशियारपूर्वक रोकिएन के होला”, पत्रकार गोविन्द केसीले चिन्ता व्यक्त गरे ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको उपचार नभएको र प्रदेश सरकार उदासीन भएको आरोप लगाए ।

कोरोना पुष्टि भएका युवकलाई ३८ घण्टासम्म आइसोलेशनमा सुरक्षितरूपमा उपचार गराउन नसक्नु र सयौँको सङ्ख्यामा भारतबाट उद्धार गरी ल्याइएका व्यक्ति जिल्लामा अव्यवस्थितरूपमा विनास्वास्थ्य परीक्षण र भावी योजनाविनै धमाधम पठाउनु कमजोरी भएको दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वती विसुन्केले बताए ।

जिल्लामा व्यवस्थित आइसोलेशन भएको र अहिले सङ्क्रमितको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनका अनुसार बाँकी अन्य श्यया पनि तयार हुँदैछन् । अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै प्रजिअ कट्टेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने बताए ।

सङ्क्रमित व्यक्ति भारतबाट आएका र स्थानीय क्वारेन्टाइनमा राखिएका हुँदा दिनहुँजसो जिल्लाका मान्छे धमाधम उद्धार गरी ल्याउँदा सन्त्रास बढ्नु स्वाभाविक रहेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताए । सबै स्थानीय तह गम्भीर भई सरकारले बनाएको मापदण्डलाई मानिदिने हो भने सङ्क्रमण फैलिनबाट रोक्न सकिने उनको बुझाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies