Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अस्पतालकाे लापरबाही भयाे भन्दै संक्रमितको परिवारले उठाउन मानेन् शव

बुटवल । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ । बुटवलको क्रिमसन अस्पतालमा उनको मृत्यु भए पनि शव व्यवस्थापन हुन सकेको छैन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन मानेका छैनन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ -जेठ १ गते अस्पतालमा भर्ना गरिएका मृतकलाई भेन्टिलेटरमा उपचार गरिएको अस्पतालले जनाएको थियो । उपचारकै क्रममा बिहीबार बिहान सवा ७ बजे उनको मृत्यु भएको हो । आफन्तले कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरूले उपचार नै नगरेको आरोप लगाएका छन् ।

‘पीपीई नभएको भन्दै उपचारमा कोही पनि गएनन्, हामी नजिकैको कोठामा क्वारेन्टाइनमा बसेका थियौं, भिनाजुलाई राखेको कोठामा डाक्टरहरू गएको देखेनौं,’ मृतकका सालाभाईले भने ।

उनले घटनाका छानबिन र अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए । जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको हो ।

भैरहवास्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो । मृतक पुरुष शिक्षक हुन् । गुल्मी मदाने–६ का उनमा कोरोना कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन । जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका थिए ।

त्यहा निको नभएपछि उनी मोटरसाइकलमा अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी एम्बुलेन्समा बुटवल आएका थिए । अस्पतालको आईसियुमा रहेका उनलाई कृतिम श्वासप्रश्वास गराइएको थियो ।

तीन दिनसम्म भेन्टिलेटरमा रहे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालका चिकित्सकहरूले बताएका छन्। ‘अन्य अंगमा समस्या थिएन, फोक्सोको समस्या थियो,’ क्रिमसन अस्पताल मणिग्रामका प्रबन्ध निर्देशक शेखर पोखरेलले भने, ‘स्वास्थ्यमा सुधार नआएपछि बचाउन सकिएन ।’ उनमा कोरोना संक्रमितमा देखिने लक्षणहरू थिए । ज्वरो र फोक्सोको समस्या कोरोना खास लक्षण हुन् ।

उनका भाइले अस्पताल आएर आफैं खाजा खाएका व्यक्ति भेन्टिलेटरमै नजाने दाबी गरेका छन्। ‘बुटवल आएपछि पनि उहाँले आफैंले पाउरोटी र पानी खानुभएको थियो,’ उनले भने । मृतकको ढाडबाट पानी निकालिएको थियो ।

त्यसपछि मात्रै उनको स्वास्थ्य गम्भीर भएको भाइले दाबि गरे । आफन्तले कोरोना पोजेटिभ रिपोर्टमा समेत शंका व्यक्त गरेका छन् । गाउँमै बसेका उनमा कोरोना लाग्ने सम्भावना नै नरहेको उनीहरूको दाबी छ ।

शव व्यवस्थापन गर्ने विषयमा साझ अवेरसम्म छलफल चलिरहेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले छलफलपछि शव व्यवस्थापन हुने बताए । उनले शव व्यवस्थापन गर्ने स्थानको खोजी समेत भइरहेको बताए ।

प्रहरीले विभिन्न स्थानमा शव गाड्ने स्थल खोजिरहेको छ । एकाध स्थानमा गाड्न नहुने भन्दै अवरोध गरिएको प्रहरीले जनाएको छ । शव व्यवस्थापनको जिम्मा भने नेपाली सेनाले गर्नेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies