Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोना विरुद्धको विश्व एकतालाई थप प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

\"\"

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७३औँ विश्व स्वास्थ्य महासभालाई गएराति भिडियोमार्फत सम्बोधन गर्दै उनले सर्वव्यापी स्वास्थ्य सुरक्षाका लागि सङ्गठनका सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कोभिड नियन्त्रणमा डब्लुएचओलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायको भूमिका सराहनीय रहेको भन्दै उनले विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टि भएको उल्लेख गरे । उनले कोभिड–१९ महामारीका चुनौतीलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदायसमक्षसमेत अनुरोध गरे ।

‘स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ’, उनले सम्बोधनमा भने, ‘यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ । त्यसैले हाम्रा समग्र प्रयासलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु ।’ उनले कोभिड–१९को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रिरहेकाले धेरै जोखिम र अनिश्चितता रहेको बताए ।

मन्त्री ढकालले कोभिड–१९ बाट हालसम्म नेपालमा दुईजनाको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या केही दिनयता बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालका लागि आउँदा दिनहरू थप चुनौतीपूर्ण हुन सक्ने धारणा राखे । नेपालले महामारीको शुरुआतदेखि नै उच्च राजनीतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत यस विपद्को प्रतिकार्य गर्दै आएको भन्दै उनले नेपालमा सङ्घीय प्रणाली संस्थागत हुँदै गइरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय भएको बताए ।

मन्त्री ढकालले विश्वभरि महामारीविरूद्ध अग्रपङ्तिमा रही निरन्तर खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । ‘कोभिडलगायत यस्ता सङ्क्रामक रोगको कुनै सिमाना हुँदैन र यसले कुनै रङ्ग, समूह र वर्गबीच विभेद गर्दैन’, उनले भने, ‘त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies