


अमेरिका–चीन तनाबका बीच ट्रम्पले गरेको दाबी कति वास्तविक ? के अमेरिकासँग अत्यन्तै शक्तिशाली मिसाइल छ ?


-
-
जेठ ६ गते, २०७७ - १२:०६

काठमाडौं । कोरोना भाइरसलाई लिएर चीन र अमेरिकाबीच तनाब बढिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिँदै आफुँसँग अत्यन्तै शक्तिशाली मिसाइल भएको दाबी गरेका छन् । उनले अमेरिकाको साथमा रुस र चीनसँग भएको मिसाइलभन्दा १७ गुणा शक्तिशाली मिसाइल भएको दाबी गरेका छन् ।
ट्रम्पका अनुसार अमेरिकासँग भएको मिसाइल सुपरसोनिक मिसाइल हो । चीनबाट बढ्दो खतरालाई देख्दै अमेरिकाले सुपरसोनिक मिसाइल तयार गरेको बताएको छ ।
तर, पेन्टागनको रिपोर्टमा अमेरिका कमजोर
तर, यसअघि पेन्टागनको रिपोर्ट सार्वजनिक भएको थियो, जसमा ताइवानलाई लिएर अमेरिकाले युद्व गरेमा अमेरिका नराम्रोसँग हार्ने कुरा उल्लेख छ । अमेरिकाको रक्षा विभाग पेन्टागनले चीनसँग जोडेर २०२० मा एक विशेष रिपोर्ट तयार गरेको थियो । जसमा अमेरिका एशिया प्यासिफिक (इण्डो प्यासिफिक नाम दिइएको) क्षेत्रमा चीनको साथ कुनै युद्व गरेको खण्डमा अमेरिकाले नराम्रो हारको सामना गर्नुपर्ने बताइएको छ ।
रिपोर्टमा अमेरिकाको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ । पेन्टागनको रिपोर्टमा पछिल्लो दुई दशक अमेरिकाले मध्यपूर्वी क्षेत्र र अफगानिस्तानमा मात्रै ध्यान केन्द्रित गर्दा इण्डो प्यासिफिक क्षेत्रमा चीनले फाइदा उठाएको र प्रभाव बढाएको उल्लेख छ ।
रिपोर्टमा इण्डोप्यासिफिक क्षेत्रमा चीनले लामो दुरी, छोटो दुरी र मध्यम दुरीका मिसाइल बनाएको बताइएको छ । साथै एयरक्राफ्टको विकास बढाएको र आर्टिफिसियल आइलैण्डहरु तयार गरिरहेको उल्लेख छ ।
ट्रम्पको भनाई तर्साउने बाहान मात्रै
ट्रम्पले सुपरसोनिक मिसाइल छ भन्नु तर्साउने बाहान मात्रै भएको विश्लेषण गरिन थालेको छ । अमेरिकी रक्षा मन्त्रालयकै रिपोर्टमा अमेरिका कमजोर हुँदै गरेको सार्वजनिक भईरहेका बेला चीन र रुसलाई धम्क्याउन ट्रम्पले मिसाइलको कुरा उठाएको बताइएको छ ।
यसअघि सार्वजनिक भएको अमेरिकी गुप्तचरको रिपोर्टमा पनि चीनसँग के–कस्ता हतियार छन् भन्ने नै विश्वलाई थाहा नभएको उल्लेख थियो । चीनले पछिल्लो समय गोप्य रुपमा धेरै नयाँ हतियारहरु विकास गरिरहेको उल्लेख छ । एजेन्सीबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै
- ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज