Khabar Dabali Logo
  January 27, Wed

भारतलाई अर्को विपत्ति –कोरोनामाथि थपियो सुपर साइक्लोन, अलर्टमा भारतीय सेना

काठमाडौं । भारतले एकपछि अर्को विपदाको सामना गरिरहेको छ ।

कोरोना संक्रमितको संख्या एक लाख नाघेसँगै भारतका लागि समुन्द्री तुफान अर्को टाउको दुखाईको विषय बन्न पुगेको हो ।

बंगालको खाडीमा उठेको सुपर साइक्लोन अम्फानले भोली मई २० मा विकराल रुप लिने बताइएको छ । यसबाट पश्चिम बंगाल र उडिसाको तटीय क्षेत्रमा निकै ठूलो नोक्सानी हुने अनुमान छ ।

सुपर साइक्लोनसँग लड्न भारत सरकार र राज्य सरकारले विशेष सतर्कता अपनाएका छन् । नवभारत टाइम्सका अनुसार, ¥यापिड रेस्पोन्स फोर्सका ३८ टीम सक्रिय छन भने ९ टीमलाई स्ट्याण्डबाई राखिएको छ ।

हरेक अवस्थाको सामना गर्न सेना, एयरफोर्स र कोस्ट गार्डलाई पनि अलर्टमा राखिएको छ ।

१६ मईका दिन बंगालको खाडीमा उठेको तुफान सोमबार साढे ११ बजे सुपर साइक्लोन (चक्रवात)मा बदलिएको थियो । यो चक्रवात २० मई दिउँसोदेखि साँझसम्म सुन्दरबनको दीघा र हटियाको बीचमा रहेको समुन्द्री किनारमा ठोक्किने बताइन्छ ।

यसबाट पश्चिम बंगालको उत्तर र दक्षिणका २४ जिल्ला तथा पूर्वी मिदनापुरमा ठूलो असर पर्ने छ । कलकत्ता र हुबलीमा पनि नोक्सानी हुने आशंका छ । यो अवधिमा १६५ किलोमिटरदेखि १७५ किलोमिटर तीब्रताको हावा चल्ने छ । कैयन स्थानमा भारी वर्षा हुने छ । तुफानको बेला सामान्यभन्दा ४ देखि ६ मीटर अग्लो लहर उठन सक्छ । यसबाट समुन्द्रको नुनिलो पानी सतहमा आउनसक्छ ।

जेठ ६ गते, २०७७ - १०:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top