Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

माल्दिभ्समा अलपत्र नेपाली भन्छन्, ‘सरकारको आस गर्दागर्दा थाकियो’

काठमाडौं । नेपाल सरकारले समयमै उद्धारका लागि चासो नदेखाउँदा माल्दिभ्समा रहेका नेपालीहरू स्वदेश फर्कन नपाएर छटपटाइरहेका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - त्यसमाथि विगत केही दिनयता माल्दिभ्समा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उनीहरूलाई थप त्रसित बनाएको छ । माल्दिभ्समा हालसम्म एक हजार नब्बे जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना नेपाली छन् ।

माल्दिभ्समा कोरोना भाइरसको पहिलो संक्रमण ७ मार्चमा पुष्टि भएको थियो । त्यसपछि क्रमशस् अन्तर्रा्ष्ट्रिय उडानदेखि लकडाउनसम्म लागू गरिएको छ । अन्य मुलुकका नागरिकहरूजस्तै माल्दिभ्स आउने नेपालीमध्ये अधिकांश पर्यटन क्षेत्रमा काम गर्ने गरेका छन् । तर, कोभिड–१९ को महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्र नै धराशायी बन्न पुगेको छ ।

युरोपेली, चिनियाँ, अस्ट्रेलियनदेखि भारतीय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चिनिन्छ माल्दिभ्स । त्यहाँ रहेका अधिकांश होटल, रिसोर्टहरूमा पनि विदेशी लगानी नै छ । महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र अहिले ठप्प छ । होटल, रेस्टुराँ तीन महिनादेखि बन्द छन् । जबकि माल्दिभ्सले यो वर्षमात्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । त्यो लक्ष्यमा ठूलो धक्का लागेको छ ।

माल्दिभ्सले वार्षिक गर्ने कुल विदेशी मुद्रा आम्दानीमा पर्यटन क्षेत्रको योगदान ६० प्रतिशत हुने गरेको छ । महामारीका कारण अर्थतन्त्रलाई अकल्पनीय क्षति पुगेको माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमेद सोलिहले नै सार्वजनिक रूपमा बताइसकेका छन् ।

मार्च १५ मा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरूबीच भएको भिडियो कन्फरेन्सका क्रममा राष्ट्रपति सोलिहले कोरोना महामारीले माल्दिभ्सको अर्थतन्त्रमा नराम्रो धक्का पुगेको र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका थिए । सोलिहले दुई महिनाअघि अर्थतन्त्रको त्यस्तो तस्बिर पस्किँदा माल्दिभ्समा भाइरसको संक्रमण न्यून थियो । पछिल्लो दुई महिनामा संक्रमणमा निकै वृद्धि भएको छ ।

यसबाट पनि माल्दिभ्सको अर्थतन्त्रमा पुगेको क्षति सहजै सहजै अनुमान लगाउन सकिन्छ । त्यसको प्रत्यक्ष असर १० हजारको संख्यामा रहेका नेपाली कामदारहरूलाई पनि परेको छ । कतिपय नेपालीहरूको रोजगारी गुमेको छ भने धेरैको भने व्यापार व्यवसाय कम हुँदा घर फर्कने दिन पर्खँदै दिन कटाइरहेका छन् ।

त्यहाँ रहेका नेपालीमध्ये अधिकांश रिसोर्ट, होटल र रेस्टुराँ काम गर्दै आएका छन् । तर, विगत दुई महिनादेखि रिसोर्ट बन्द हुँदा उनीहरू त्यत्तिकै बस्नुपरेको छ । हाउस मेडको संख्या पनि ठूलै छ । माल्दिभ्समा रहेका नेपालीहरूका अनुसार करिब दुई हजारको संख्यामा नेपाली हाउस मेड छन् ।

माल्दिभ्समा नेपाली चिकित्सकहरू मात्र २ सयको हाराहारीमा छन् । चिकित्सकहरू सबै मालेमा छन् । सरकारी अस्पतालमा काम गर्छन् । महिनामा कम्तीमा ९ लाख रुपैयाँ जति कमाउँछन् । त्यसैगरी २ हजारको हाराहारीमा घरेलु कामदारका रूपमा नेपाली महिलाहरू छन् । दुई सयभन्दा बढी विभिन्न कन्स्ट्रक्सन कम्पनीमा काम गर्छन् ।

कतिपय नेपालीहरूले त आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । तिनैमध्येका हुन् पर्वतका मेघनाथ भुसाल । भुसाल मालेमा बस्न थालेको झन्डै दुई दशक भयो । महामारी सुरु हुनुअघिसम्म उनको रेस्टुराँ र होटलको व्यवसाय राम्रै थियो । तर, लकडाउनका कारण पुरै व्यवसाय ठप्प छ । उनकोमा काम गर्ने नेपालीहरू पनि बेरोजगार भएका छन् ।

डेढ वर्षदेखि पाइराइडाइज रिसोर्ट एन्ड स्पा काम गर्दै आएकी थिइन् मोरङकी सन्ध्या बराल । रिसोर्ट बन्द भएकाले उनी पनि घर जाने पर्खाइमा छिन् । बिर्तामोड, झापाका अन्जन उप्रेती माल्दिभ्स आएको दुई महिना पनि भएको थिएन लकडाउन सुरु भयो । उनी अस्ट्रेलियन रिसोर्टमा काम गर्न पुगेका थिए ।

उक्त रिसोर्ट अप्रिलमा उद्घाटन गर्ने कार्यक्रम थियो । तर, लकडाउनका कारण स्थगित भयो । भर्खर आएको भए पनि उप्रेती पनि घर जाने बाटो हेरिरहेका छन् । केही समयअघि कुराकानी उप्रेतीले जागिरभन्दा ज्यान ठूलो भएकाले छिटो घर जान चाहेको बताएका थिए ।

घर फिर्ने दिन पर्खाइमा रहेका उनीहरूलगायत अधिकांश नेपालीहरूको जीवन लामो समयको लकडाउन र बढ्दो संक्रमणले त्यहाँ रहेका नेपालीहरूको जीवन अत्यासलाग्दो बनेको छ । नहोस् पनि कसरी रु उनीहरूकै आँखै अगाडि त्यहाँ रहेका विदेशीहरूमध्ये अधिकांशको उद्धार भइसकेको छ ।

उद्धार नहुनेमा नेपाली र बंगलादेशी मात्र रहेको त्यहाँ कार्यरत नेपालीहरूको भनाइ छ ।
भारतले पनि पछिल्लो समय आफ्ना नागरिकलाई उद्धारलाई तीव्रता दिएको छ । विदेशमा रहेका भारतीयहरूको उद्धारका लागि बन्दे भारत अभियान नै सुरु गरिएको छ । माल्दिभ्समा करिब ३० हजार भारतीय छन् । १५ सयभन्दा बढीको उद्धार भइसकेको छ । उनीहरूलाई पानी जहाजबाट उद्धार गरिएको हो ।

जबकि भारत सरकारले आफ्नै खर्चमा नागरिकहरूको उद्धार गरिरहँदा नेपालीहरूले काठमाडौंसम्म लाग्ने हवाई भाडा आफंै व्यहोर्ने पनि जनाए । माल्दिभ्सका नेपालीहरूले घर फिर्तीका लागि सरकारदेखि नेतासम्म गुहारे । पत्रपत्रिकामार्फत आफ्नो पीडा पोखे । सामाजिक सन्जालमा लेखे । तर, उनीहरूको कुनै सुनुवाइ भएको छैन ।

सरकारीस्तरबाट औपचारिकता मात्र निभाइयो । माल्दिभ्स हेर्ने कोलम्बोस्थित नेपाली दूतावासका कर्मचारीले एकाधपटक फोन घुमाए । तर, त्यहाँ रहेका नेपालीहरूको उद्धारका लागि कुनै ठोस पहल भएन ।

माल्दिभ्स सरकारले विदेशी नागरिकलाई आआफ्नो देश फर्कन खुला पनि गरेको छ । तर, नेपालबाट कुनै पहल नहुँदा त्यहाँ रहेका नेपालीहरूको उद्धार हुन सकेको छैन । तर उनीहरूका आँखा सामुन्ने नै सँगै काम गर्ने अन्य मुलुकका नागरिकहरू धमाधम घर फर्किरहेका छन् । ह्वाट्सअपमा छिनछिनमा आउने विदेशी नागरिक उद्धार भएका सूचनाहरूले उनीहरूलाई झन् व्यग्र बनाउँछ ।

‘आँखा सामुन्ने अरू देशका साथीहरूलाई तिनीहरूको सरकारले उद्धार गर्दा मन दुख्दो रहेछ,’ माल्दिभ्सकै एउटा रिसोर्टमा कार्यरत बर्दियाका सरोज चापागाईँले फोनमा भने । अवस्था सामान्य भएको भए चापागाईं यतिबेला परिवारसँगै घरमा हुन्थे ।

उनले मेको पहिलो सातामा घर जानका लागि पहिलेदेखि नै तयारी पनि थालेका थिए । तर, महामारीका कारण नियमित उडान बन्द हुँदा उनी माल्दिभ्समै रोकिएका छन् । ‘सरकारबाट आस गर्दागर्दा थाकियो, अब त जहिले नियमित उडान होला त्यतिबेला जानुपर्ला,’ उनले भने ।

राज्यले समयमा उद्धार नगर्दा हवाई भाडा चर्किएका कारण लकडाउन खुले पनि नेपालीहरू घर फर्किन नसक्ने बन्दै गएको छ । मालदिभ्सका लागि सिधा नभएका कारण काठमाडौंबाट दोहा, ओमन, दुबई वा दिल्लीको रुट हुँदै जानुपर्छ ।

जसको सामान्य अवस्था एकतर्फी भाडा बढीमा पाँच सय डलर हुने गर्छ । तर, कतार एअरवेजलगायतका हवाईसेवा कम्पनीहरूले जुनदेखि हवाई भाडा डेढ गुणासम्म बढाएको घोषणा गरिसकेका छन् ।

जसले गर्दा न्यून तलबमा काम गर्ने नेपाली कामदारहरूलाई लकडाउन खुले पनि घर फर्किन सहज छैन । ‘एक त काम घरमै बस्नुपरेका कारण धेरैको खानमै खर्च भएको छ, बचत छैन त्यसमाथि हवाई भाडा बढेको छ, त्यसैले धेरैले चाहेर पनि जान सक्दैनन,’ चापागाईंले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies