Khabar Dabali Logo
  January 23, Sat

सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र परी यस प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी ९जोशी० लगायत सुरक्षा निकायको प्रमुखहरुको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो । दुवै ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिए ।

‘भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जेखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको हो’ उनले भने, ‘यसो गर्न सकिएमात्र कर्णालीमा हुने कोरोनाको उच्च जोखिमबाट बच्न सकिन्छ ।’ प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक रहेको उनको भनाइ थियो ।

सामाजिक विकासमन्त्री दल रावलले पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकाले प्रदेश सरकार उच्च सतर्कताका साथ लागेको बताए । उनले भने, ‘विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौँ । त्यसपछिमात्र उनीहरुलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं ।’

आन्तरिक मामिला अब तत्कालै सेन्टर स्थापना गर्ने बताएका छन् । यससँगै बाहिरबाट आउनेलाई आरडिटी, पिसिआर परीक्षण गर्ने र जतिसक्दो बढी सङ्ख्यामा क्वारेन्टाइन, आइसोलेशन, आइसियु, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति विस्तार तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ ।

जेठ ५ गते, २०७७ - १६:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   

भारतमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु...   
सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

काठमाडौँ । अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च...   

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...   

करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९...   

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

कर्णाली । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक...   

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका...   

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु...   
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top