Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

संसद्‌मा चिनियाँ राष्ट्रगानबारे विवाद, केही सांसदलाई घिसारेर बाहिर निकालियो

\"\"

एजेन्सी । चिनियाँ राष्ट्रगानसम्बन्धी एउटा प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएपछि हङ्‌कङको संसद्‌बाट केही प्रजातन्त्रवादी सांसदहरूलाई घिसारेर बाहिर निकालिएको छ।

प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने प्रावधान छ।

उक्त अध्यादेशलाई प्रभावित पार्न सक्ने एउटा संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद भएको थियो।

संसद्‌बाट बाहिर निकालिएका एक सांसद एडी चुले भने, \'यदि हङ्‌कङमा प्रजातन्त्र भएको भए हामीले यसरी झगडा गर्नुपर्दैनथ्यो।\'

उनले भने, \'दुर्घटनावश हामीलाई यो परिस्थितिमा जान बाध्य पारियो। संसद्‌भित्र र बाहिर पनि थप भिडन्त हुने म देख्छु। संसद्‌मा भएको तनावले हङ्‌कङभित्र विद्यमान विभाजनको सङ्केत गर्छ।

कोरोनाभाइरस महामारी फैलिएपछि गत वर्ष सुरु भएको सडक आन्दोलन मत्थर भएको थियो। तर पुनः विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरिएको छ।

हङ्‌कङको संसद्‌मा यसअघि पनि भिडन्त भएको थियो।

के भएको थियो ?
अध्यादेशहरू हेर्ने र तीबारे निर्णय गर्न मतदानको मिति तोक्ने संसदीय समितिको नेतृत्वको विषयमा मतभेद थियो।

गत साता संसद्‌का अध्यक्ष चीनपक्षधर सांसद चान किन(पोरलाई उक्त समितिको नेतृत्व छान्नका लागि निर्वाचन गराउन जिम्मेवारी दिएका थिए।

सोमवार संसद् बस्नुअघि चान २० जनाभन्दा बढी सुरक्षाकर्मी वरिपरि राखेर अध्यक्षको आसनमा बसेका थिए।

प्रजातन्त्रवादी सांसदहरूले उनीतिर जान खोज्दा सुरक्षाकर्मीले रोके।

विरोध गर्ने सांसदलाई सुरक्षकर्मीले कम्बलले छोप्न खोजेपछि अरू सांसदहरू आफ्नो आसनबाट चिच्याए।

केही मिनेट भएको तनावमा एक जना भुइँमा लडेर घाइते भए।

अधिकांश प्रजातन्त्रवादी सांसदहरू बाहिर गएपछि वा निकालिएपछि बेइजिङलाई समर्थन गर्ने स्टारी लीलाई उक्त समितिको अध्यक्ष निर्वाचित गरियो।

विपक्षीहरू यसबाट उक्त कानुन पारित गर्न सजिलो भएको ठान्छन्।

हङ्‌कङस्थित बीबीसी संवाददाता ल्याम चो वाईका अनुसार चीनले उक्त कानुन यथाशक्य चाँडो पारित होओस् भन्ने चाहेको छ।

संसदीय समितिले महिनौँदेखि नेतृत्व चयन गर्न सकेको थिएन।

ल्यामा अनुसार संसद्‌मा भएको घटनाले चीनले हङ्‌कङलाई कसरी आफ्नो प्रभावभित्र राख्न खोजेछ भन्ने देखाउँछ।

गत वर्ष सुपर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनका कारण हङ्‌कङमा चर्को विरोध र लामो आन्दोलन भएको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies