Khabar Dabali Logo
  January 18, Mon

कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित, यस्ताे छ पछिल्लो स्थिति

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ६१८ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८१९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ८३ हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ६३६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ८३५ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ९७८ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १४५, स्पेनमा ८७ र फ्रान्समा ४८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार १२२ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ४८५ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.   महादेश     कूल संक्रमित     निको भएका    कूल मृत्यु

          विश्वभर           ४८,०५,२२९     १८,६०,०५६     ३,१६,७३२

१.    युरोप                  १७,८०,८१८      ७,७०,९२७        १,६२,८५२
२.    उत्तर अमेरिका     १६,८६,७२३      ४,३४,२३२        १,०३,०६६
३.    एसिया                ८,०१,१६४         ४,५९,३९५       २४,७६९
४.    दक्षिण अमेरिका   ४,४०,४४४         १,५३,३९९       २३,१२५
५.    अफ्रिका              ८६,७०२           ३३,५२७         २,७८५
६.    अस्ट्रेलिया            ८,६५७             ७,९२५           १२०
    
दक्षिण एसियाली मुलुकहरु            
१.    भारत                 ९६,१६९         ३६,८२४         ३,०२९
२.    पाकिस्तान         ४२,१२५         ११,९२२           ९०३
३.    बंगलादेश          २२,२६८         ४,३७३           ३२८
४.    अफगानिस्तान    ६,६६४          ७७८             १६९
५.    श्रीलंका             ९८१              ५३८               ९
६.    माल्दिभ्स          १,०९४           ५८                 ४
७.    नेपाल               ३०४             ३६                 २
८.    भुटान               २१                ५                   –
                                                     –एएफपी

जेठ ५ गते, २०७७ - १४:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा

अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा

सोलु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज...   

ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...   

प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने

काठमाडाै‌ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   

संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...   

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...   

यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...   

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...   

अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो

मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...   

बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...   

लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top