Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अमेरिकी वायुसेनाले गोप्य अन्तरिक्ष विमान प्रक्षेपण गर्यो

\"\"

एजेन्सी । अमेरिकी वायुसेनाले आफ्नो गोप्य अभियानअन्तर्गत एक्स-३७बी अन्तरिक्ष विमान बोकेको एट्लस भी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

मौसमका कारण शनिवार योजना प्रभावित भएपछि भोलिपल्ट उक्त रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो।

ओर्बिटल टेस्ट भीइकल (ओटीभी) भनिने अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भू-उपग्रह छोड्ने र ऊर्जासम्बन्धी एउटा प्रविधि परीक्षण गर्ने बताइएको छ।

सो विमानको अन्तरिक्षमा यो छैटौँ यात्रा हो। रकेट प्रक्षेपण कोरोनाभाइरस महामारीमा अग्रपङ्क्तिमा काम गर्ने र प्रभावित व्यक्तिहरूका लागि समर्पण गरिएको थियो। रकेटमा \'अमेरिका स्ट्रङु (सबल अमेरिका) भन्ने सन्देश पोतिएको थियो।

गोप्य राखिएका कारण एक्स-३७बी बारे धेरै जानकारी उपलब्ध छैन। अमेरिकी रक्षा मन्त्रालयले पहिले पनि यस विमान र यसको क्षमताबारे थोरै जानकारी सार्वजनिक गरेको छ।

\'यो एक्स-३७बी मिशनले पहिलेका अभियानभन्दा धेरै परीक्षणहरू गर्नेछ,\' वायुसेनामन्त्री बार्बरा बारेटले केही समयअघि भनेकी थिइन्।

तीमध्ये एउटा परीक्षण बीउबिजन र अन्य पदार्थमा पराबैजनी किरणको असर अध्ययन गर्नुरहेको बताइएको छ।

के छन् यसका विशेषता ?
एक्स-३७बी कार्यक्रम सन् १९९९ मा आरम्भ भएको थियो। यो विमान सन् २०११ देखि प्रयोग बन्द गरिएको मानव बोक्ने अमेरिकी अन्तरिक्षयानको सानो स्वरूपजस्तो देखिन्छ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि एक्स-३७बी धावनमार्गमा विमानजस्तै रोकिन सक्छ।

बोइङ कम्पनीले बनाएको यो विमान अन्तरिक्षमा रहँदा सौर्य ऊर्जाबाट चल्छ। यसको लम्बाइ २९ फीट र चौडाइ १५ फीट रहेको छ। यसको तौल ४,९८९ किलोग्राम छ।

पहिलो विमान सन् २०१० को एप्रिलमा अन्तरिक्षमा उडेको र आठ महिनापछि फर्केको थियो।

यसअघिको अभियान सन् २०१९ को सेप्टेम्बरमा अन्तरिक्षमा ७८० दिन बसेर फर्केपछि सकिएको थियो। यो विमानले अन्तरिक्षमा कुल सात वर्षभन्दा बढी समय बिताएको छ।

अहिलेको अभियानको अवधि सार्वजनिक गरिएको छैन।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies