Khabar Dabali Logo
  January 16, Sat

नेपाली सेनाको कोरोना संक्रमणको विश्लेषण र जिम्मेवारीबारे यस्तो छ तयारी

काठमाडौं । नेपाली सेनाले कोरोना संक्रमणको अवस्थाबारे आफ्नो विश्लेषण र तयारी थालेको बताएको छ ।

कोरोना संक्रमणको विश्लेषण गर्ने संयन्त्र नै बनाएको नेपाली सेनाले अबको १ महिनामा संक्रमण चरम हुने बताएको छ ।

सेनाको अध्ययन रिपोर्टका अनुसार एक महिनाभित्रै संक्रमितको संख्या २ हजार हाराहारीमा पुग्ने आँकलन रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

सरकारले सेना परिचालनको निर्णय नगरिसकेको भएपनि दैनिक ९ सय हाराहारीमा पेट्रोलिङको काम भईरहेको र संक्रमण बढेको र अन्य निकायहरुले काम गर्न जटिल अवस्था सिर्जना हुँदा सेना परिचालित हुनेगरी तयारी समेत गरेको छ ।

सेनाले चीन र भारतको संक्रमणलाई आधार बनाएर र नेपालमा संक्रमणको अवस्थामाथि निगरानि सहित एक महिनामा २ हजारमा संक्रमण हुने र बढीमा १ सयको मृत्यु हुनसक्ने विश्लेषण गरेको हो ।
तयरी स्वरुप नेपाली सेनाले हेडक्वाटरबाट सुरु गरेको तालिम अहिले पृतना र गणहरुमा दिईरहेको छ । पाण्डेका अनुसार कोरोनामा काम गर्ने जनशक्ति अहिले सेनासँग १५ हजारको हाराहारीमा छ । यो शक्तिको संख्या अझै बढाउने काममा लागिरहेको छ ।

सेनासँग हाल ३० बेडको आइसियु र एकसय बढी आइसोलेशन बेड तयारी अवस्थामा छ । सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ।

आवश्यकता अनुसार आकस्मिक अवस्थामा खाली ठाउँमा उपचार गर्नका पनि सेनाले रेक्कि गरेको छ र धेरै मानिसहरु संक्रमण भए त्यस्ता स्थानहरुमा अस्थायी अस्पताल बनाई उपचारको प्रवन्धका लागी समेत तयारी गरेको छ ।

विदेशबाट नेपाल फकाईन लागेको नागरिकहरु राख्ने क्वारेन्टिनमा पनि सेनाको आफ्नै तयारी छ । क्वारेन्टिन व्यवस्थापनमा पनि सेनाले तयारी गरेको प्रवक्ता पाण्डेले बताएका छन् ।नेपाली सेनाले ०७२ को भुकम्पको बेलामा पनि अग्रणी नेतृत्व गरेको थियो । भुकम्पको उद्दार तथा राहतमा उदरणिय काम गरेको नेपाली सेनामाथि जनसमुदायको विश्वास समेत छ ।

जेठ ५ गते, २०७७ - ११:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top