Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चैतमा आधा घट्यो रेमिट्यान्स

काठमाडौं । विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ । चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यो करिब ५५ प्रतिशतको गिरावट हो । फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो । फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो । विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो ।

रेमिट्यान्ससँगै अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको छ । त्यस्तै, सरकारी राजस्व र खर्च पनि कोराना भाइरसका कारण प्रभावित भएको र यसले लगातार ७ प्रतिशतको आर्थिक वृद्धिमा रहेको मुलुकलाई तेस्रो त्रैमाससम्म २ प्रतिशतको विस्तारमा धकेलेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नयाँ तथ्यांकले मूल्यवृद्धि भने बढेको देखाएको छ । मूल्यवृद्धिको औसत दर ९मुद्रास्फीति० चैतसम्म ६।७४ प्रतिशत बढेको छ । गत वर्षको यही समयमा यस्तो वृद्धिदर ४।४४ प्रतिशत थियो । चैतमा पनि तरकारी, फलफूल, दाल, गेडागुडीको भाउ उच्च दरमा बढेको छ ।

चैतसम्म नेपालले ७८ अर्ब ८२ करोडको सामान बेचेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँको सामान विदेशी बजारबाट किनेको छ । मानिसलाई विदेशमा पैसा लान नियन्त्रण गर्ने नीतिगत सुधारपछि पनि चैतसम्म विदेशीले नेपालमा सेवा लिएर खर्चने भन्दा नेपालीले विदेशमा खर्चने पैसा नै बढी भएको छ । तथापि, चैतसम्म पैसा बाहिरिने भन्दा भित्रिने रफ्तार नै बढी देखिएको छ ।

चैत मसान्तमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । तर, विदेशी मुद्राको ढुकुटी भने पहिलेभन्दा पनि बलियो भएको देखिएको छ ।

कोरोना महामारी सुरु भएपछि औद्योगिक कच्चा पदार्थदेखि ठूला विकास परियोजनाले मगाउने सामग्रीसम्मको आयात घटेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी गिरावटले पनि मुलुकको आयात गत वर्षभन्दा साढे ७ प्रतिशत घटेको देखिएको छ । यसको असर विदेशी मुद्राको ढुकुटीमा परेको छ ।

गत चैतसम्म नेपालसँग ११ खर्ब ५५ अर्ब ९० करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले बताएको छ । यो पैसाले अहिलेको अवस्थामा साढे ९ महिनाको आयात थेग्नसक्ने देखिएको छ ।

तर, अन्तर्राष्ट्रय बजारमा अमेरिकी डलर र सुनको भाउ महँगिएकाले पनि यो रकम उच्च देखिएको हो । नेपालले पनि डलर र सुनमा लगानी गरेका कारण त्यस्तो लगानीको नेपाली रुपान्तरण अहिले महँगो पर्न गएको छ । आगामी दिनमा डलर सस्तियो र तेलको भाउ बढ्यो भने मुलुकले यो स्तरको आयात सामथ्र्य कायम राख्न सक्दैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies