Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपाल–भारत सीमा वार्ता उडानपछि

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ । भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ ।

‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, ‘नेपाल–भारत सीमाको अधितम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी पुनः वार्ता गरी टुंगोमा पुग्नुपर्छ ।’

भारतीय पक्षले लामो समय लगाएरै भए पनि वार्ताका लागि सकारात्मक जवाफ दिनुलाई आफ्नो पहलकदमी र दलहरूको एकवद्ध स्वरलाई कारक मानेका छन् परराष्ट्र अधिकारीले ।
नेपाल–भारतबीच सीमाको विषयमा सल्टाउन बाँकी रहेको सीमालगायतको विषयमा अन्तर्राष्ट्रिय उडान खुलेको एक साताभित्र वार्ता गरिसक्ने गरी छलफल भइरहेको दिल्लीस्थित अधिकारीले पनि बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि ताकेता गरिरहँदा यस्तो नतिजा बाहिर आएको हो । परराष्ट्रसचिव शंकरदास बैरागीले नेपाल–भारतको यो मामिला दुईपक्षीय छलफल गरी टुंगोमा पुर्‍याउने बताउँदै भने, ‘नेपाली भूभाग उनीहरूको राजनीतिक नक्सामा पारेदेखि नै हामीले वार्ताका लागि पहल गरिरहेका थियौं ।

सडक उद्घाटन भएपछि हामीले कूटनीतिक नोट दिँदै वार्ताको पहल गरेका हौं ।’
हवाई उडान खुला भएपछि छलफलका लागि तयार रहेको जानकारी आएकोले हामीले जतिसक्दो छिटो वार्ताका लागि पहल गरिरहेको सचिव बैरागीले बताए ।

सरकारले नक्सा जारी गर्ने निर्णय गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रममा नक्सा जारी गर्ने र विगतका प्रमाणका आधारमा भारतसँग दुईपक्षीय वार्ता गरेर अतिक्रमित भूभाग फिर्ता लिने निर्णय गरिसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरसँग अहिले यो विषयमा कुरा नभए पनि राजदूतमार्फत सूचना आदान प्रदान भइरहेको छ।यद्यपि, भारतले आफूहरू कोभिड–१९ विरुद्धको लडाइमा रहेकाले तत्काल गर्न पर्ने विषयबाहेक अन्य मामिला ठप्प रहेको बताउँदै आएको छ । नेपाली राजदूत नीलाम्बर आचार्यले फरक९फरक संयन्त्रमार्फत प्रयास गरेपनि नतिजा आउन पनि ढिलाइ भएको परराष्ट्र अधिकारीको बुझाइ छ ।

राजदूत आचार्यले भारतीय पक्षसँग राम्रोसँग कुराकानी गर्न थालेको प्रवुद्ध ब्यक्ति समूह ९ईपीजी० मा काम गर्दादेखि मात्रै हो । उनी स्वयं राजदूत रहँदा समेत ईपीजी प्रतिवेदन बुझाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय मिलाउन सकेका छैनन ।

नेपाल–भारतबीचको सुमधुर र ऐतिहासिक सम्बन्धलाई उचाइमा लैजान तत्काल परराष्ट्रसचिव स्तरीय वार्ता अघि बढाउन नेपालले चाहेको धारणा भारतलाई बारम्बर अवगत गराइएको थियो । गत कात्तिकमा भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले लगातार दुई पटक परराष्ट्रसचिवस्तरीय वार्ताको पहल गरिसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies