Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

लुकीछिपी आउनेमाथि कडाइ गरिने, युट्युबरको अमर्यादित गतिविधिमा कारबाही गर्ने

काठमाडौं । एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -प्रधानमन्त्री केपी ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै एम्बुलेन्स र ढुवानीका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिको कडाइका साथ निगरानी गर्दै दोहोरो व्यवस्थित रेकर्ड राख्ने निर्देशन दिएका छन् ।

‘एम्बुलेन्स र ढुवानीको सवारी नम्बर, व्यक्तिहरूको नाम र ठेगाना, काठमाडौंबाट फर्किने मिति र समय व्यवस्थित रूपले रेकर्ड राख्न, आवश्यकता भन्दा बढी व्यक्ति देखिए चेकजाँजबाटै फर्काउन र सवारी फर्किने क्रममा पनि अघिल्लो पटक राखिएको रेकर्ड भिडाएर मात्र नाकाबाट छाड्न प्रधानमन्त्री ज्यूले कडा निर्देशन गर्नु भएको छ,’ ती मन्त्रीले भने ।

त्यस्तै सरकारले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै वैकल्पिक उपचार पद्धतिलाई पनि समानान्तर रूपमा अगाडि बढाउने भएको छ । त्यसक्रममा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सूचनामूलक सामग्रीमार्फत जनचेतना अघि बढाउने, आयुर्वेद उपचार पद्धति, जडीबुटी औषधि, व्यायाम, आरोग्य र ध्यानलगायतलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको प्रवक्ता डा।युवराज खतिवडाले बताए ।

युट्युबरलगायतले विभिन्न नाममा लकडाउनका वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध र दुर्व्यवहार गरेको खण्डमा सरकारले त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री ओलीले त्यसरी बाधा–अवरोध गर्ने जो–कोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको एक मन्त्रीले बताए ।

सरकारले लकडाउनको अवधि २० जेठसम्म थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप गर्दै कृषि, उद्योग, ढुवानी तथा निर्माणसम्बन्धी कामलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाका अनुसार लकडाउनको मोडालिटी पनि परिवर्तन गर्ने तयारी छ । लकडाउन र आर्थिक जीवनलाई सँगैसँगै लैजानुपर्ने भएकाले मोडालिटी परिवर्तन गरिने उनले बताए ।

मोडालिटी तयार गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ । सरकारले यसअघि वर्कसप, राजमार्गका केही होटेल, निर्माण सामग्रीका पसल र उद्योग समेत खोल्न दिने निर्णय गरेको थियो । त्यसबारे भने मन्त्री खतिवडाले आइतबारको पत्रकार सम्मेलनमा केही बताएनन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies