Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बाजुरामा थप दुई बालकमा भेटियो कालाजार, बिरामीका सङ्ख्या चार

\"\"

बाजुरा । बाजुरामा थप दुई बालकमा कालाजारको बिरामी भेटिएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैसीले जानकारी दिए । उत्तरी भेगमा कालाजारका बिरामीका सङ्ख्या चार पुगेको छ ।

उपचारका लागि कोल्टी ल्याइएका महेन्द्र र विपनालाई प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनुभयो । सो क्षेत्रमा केही दिनअघि मात्र जगन्नाथ गाउँपालिका–५ का १७ महिनाका देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा कालाजार देखापरेको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार नहुने भएकाले धनगढी, नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने बाध्यता छ ।

कालाजार रोग तराई जिल्लामा मात्र देखापर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखापर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइबाट हुने र भुसिनाको टोकाइबाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने तथा अन्य सङ्क्रमण फैलिएर मृत्यु हन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

कोल्टी क्षेत्रमा गतवर्र्ष कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो । पूर्वी उत्तरी भेगका थप दुईजना कालाजारका बिरामी भेटिएका थिए । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने ११ वर्षीया कञ्चना शाही र सोही गाउँपालिका–२ साप्पाटाकी तीन वर्षीया करिश्मा भण्डारीलाई यो रोग देखापरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies