Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोना सङ्क्रमितको वृद्धिले प्रदेश २ को सर्वसाधारण त्रसित

\"\"

जनकपुर । प्रदेश नं २ मा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले यहाँका बासिन्दा सन्त्रासमा छन् । यस प्रदेशअन्तर्गतका आठवटै जिल्लामा कोरोना सङ्क्रमित भेटिएको र यसको सङ्ख्यामा गुणात्मक रुपमा वृद्धि भएका देखिँदा बासिन्दामा सन्त्रास देखिएको हो । विसं २०७६ चैत ३० गते यस प्रदेशमा पहिलोपटक पर्सा र बारा जिल्लामा तीन÷तीनजना गरी छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ठीक एक महिनाको अवधिमा १२ गुणाले वृद्धि भई वैशाख ३० गतेसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ७२ पुग्यो ।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा चौध जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि अब यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा १२२ पुगेको छ । नयाँ थपिएका कोरोना सङ्क्रमितहरुमा महोत्तरीको दुई, धनुषाको दुई र रौतहटको १० जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

यसैबीच, यस प्रदेशमा आजसम्ममा पाँच हजार ३६९ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये चार हजार २८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९५८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस प्रदेशको १८३ वटा क्वारेन्टाइनमा दुई हजार ६७३, होम क्वारेन्टाइनमा चार हजार ७६४ र आइसोलेशनमा १०६ जना बसेका छन् । सङ्क्रमितमध्ये दुईजना उपचारबाट निको भई घर फर्केका छन् भने अन्यको उपचार भइरहेको छ ।

यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । अब विहारमा व्यापक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विहारको सीमावर्ती ग्रामीण क्षेत्रमा कोरोनाको प्रभाव बढेमा यस प्रदेशको सीमावर्ती गाउँहरु पनि अछुतो रहन नसक्ने डरले मन पिरोलिन थालिएको जनकपुरको पशुपतिनाथ झाको धारणा रहेको छ ।

यस प्रदेशका ठूलो सङ्ख्यामा भारतमा रोजगार गर्न र अध्ययन गर्न भारत पुगेका व्यक्तिहरु फर्कने र उनीहरुमध्ये कतिपय व्यक्ति कोरोना सङ्क्रमित हुनसक्ने डरले पनि यहाँका बासिन्दा चिन्तित हुन थालेका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरमा शुरुको अवधिमा लकडाउनलाई अलि हलुका रुपमा लिएको, जब जनकपुरमा कोरोना सङ्क्रमितहरु फेला पर्न थालेपछि जनकपुरवासी बढी सतर्क भएको र लकडाउनको पालना गरिरहेको अरुण झाले बताए । कतिपयले एकले अर्कालाई कोरोना सङ्क्रमित होला कि मनको भयले यतिखेर घरबाट ननिस्कने, निस्केको अवस्थामा समाजिक दूरी कायम गर्नेतर्फ सचेत भएको देखिएको छ ।

भारतमा दैनिक चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेको छ । भारतको दिल्ली, मुम्बई, अहमदावाद, पञ्जाव लगायतका प्रदेश बढी कोरोनाबाट सङ्क्रमित छन् । सोही कारणले गर्दा भारतबाट आउने नेपाली नागरिकलाई स्थानीय क्वारेन्टाइनमा राख्नका लागि प्रदेश सरकारले थप क्वारेन्टाइन स्थापना गर्ने तयारीमा जुटेको छ ।

यस प्रदेशमा अहिलेसम्म १८३ वटा क्वारेन्टाइन छन् । चार हजार ५७६ जना बस्ने सो क्वारेन्टाइनमा यतिखेर दुई हजार ३८२ जना बसेका छन् । भारतबाट आउने मानिसलाई राख्नका थप क्वारेन्टाइन बनाउनका लागि सरकारले पहल शुरु गरिसकेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies