Khabar Dabali Logo
  January 24, Sun

अब निजी तथा सामुदायिक अस्पताललले कोरोना परीक्षण गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पतालबाट आरडिटी विधिबाट गरिने स्वास्थ्य स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको छ । यो निदेर्शिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोभिडको आरडिटी विधिबाट परीक्षणका लागि अनुमति लिनसक्ने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

सो अनुमति लिनका लागि सम्बन्धित अस्पताल नियमअनुसार दर्ता भएको हुनुपर्नेछ । अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ । आरडिटी परीक्षण गर्न चाहने अस्पतालले जनस्वास्थ्य प्रयोगशालाले तोकिएको सूचीमा उल्लेख गरिएका आरडिटीको मात्रै परीक्षण गर्नसक्नेछन् । आरडिटीको परीक्षण प्रतिवेदन दैनिक रुपमा राष्ट्रिय प्रयोगशालमा अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । आरडिटी परीक्षणका लागि शुल्क अस्पतालले खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत मात्रै शुल्क लिन पाउनेछन् ।

कोभिड–१९ को परीक्षणलाई सहज बनाउन निर्देशिका जारी गरिएको प्रवक्ता देवकोटाले बताए । मन्त्रालयले शनिबार मुत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलासँगको संसर्गमा रहेकाको पहिचान गर्ने कार्य शुरु गरिसकेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको संयोजकत्वमा कन्ट्याक ट्रेसिङको काम शुरु भइसकेको प्रवक्ता देवकोटाले बताए । सम्पर्क व्यक्तिको आजदेखि नमूना सङ्कलन भइसकेको छ । गोङगबु, माछापोखरीलगायत क्षेत्रबाट ४०० भन्दा बढीको परीक्षण गर्ने योजना छ । उनीहरुमध्ये १५० को पिसिआर र २५० को आरडिटी विधिबाट परीक्षण गरिनेछ ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिर्नेगरी कतिपय स्वयम्सेवकले गतिविधि गरेकामा निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिडको नियन्त्रण र उपचारमा खटिएका चिकित्सकमाथि त्यस किसिमका घटना भएको भन्दै त्यस्ता व्यवहार नदोहो¥याउन मन्त्रालयले आग्रह गरेको छ । उच्च रक्तचावको नियन्त्रणका लागि नियमित रुपमा रक्तचाप परीक्षण गर्न अनुरोध गरेको छ । कोभिडसँग जोडिएकाले उक्त रक्तचापका बिरामी बढी जोखिममा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जेठ ४ गते, २०७७ - १९:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...   

जनताका घरदैलामा जान थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...   

प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...   

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...   

मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...   

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...   

राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...   

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...   

आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...   

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top