Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सांसद अपहरण प्रकरण : मुद्दा चलाउनु नपर्ने निष्कर्षसहित प्रहरीको प्रतिवेदन सरकारी वकिलमा

काठमाडौं । पार्टी फुटाउने उद्देश्यले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटनामा प्रहरीले अपहरण मुद्दा चल्न नसक्ने निष्कर्ष निकालेको छ । प्रहरीले सो घटना अपहरण नभएको प्रमाणसहित शुक्रबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रहरीले सांसद यादवको घरमा पुगेर घटनास्थलको विवरण लिनुका साथै परिवारसँग सोधपुछ गरि मुचुल्का तयार गरेको थियो। प्रहरीले प्रतिवेदनमा अरु विभिन्न ठाउँका मुचुल्का र सीसीटीभीका फुटेज पनि साथै राखेर बुझाएको जनाइएको छ ।

सांसद अपहरण प्रकरणमा महानगरीय प्रहरीले यसअघि उजुरी नै लिन अस्वीकार गरेको थियो । सांसद यादवले आफुँलाई अपहरण गरि काठमाडौं ल्याइएको बताउँदै आएका थिए । उनले अपहरण तथा शरीर बन्धक मुद्दामा नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध १४ वैशाखमा प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीले उजुरी नलिएपछि सरकारी वकिल कार्यालयमा यादव सहितको टोली पुगेर निवेदन गरेको थियो । सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते प्रहरीले जाहेरी गर्न नमानेको विरुद्धको उजुरी दर्ता गर्दै प्रहरीलाई जाहेरी दर्ता गरेर अनुसन्धान गर्न निर्देशन दिएको थियो।

प्रहरीले सुरुदेखि नै मुद्दा तालेमी राख्ने उद्देश्यले अनुसन्धान गरेको थियो । जसकारण प्रहरीले कसैविरुद्व पनि पक्राउ पुर्जी जारी गराएको थिएन । प्रहरीले मुद्दाका आरोपितको बयानसमेत लिएको थिएन । प्रहरीले सांसद यादवले दिएको एक अन्तरवार्तालाई तामेलीमा राख्ने आधार बनाएको छ । जसमा यादवले आफुँ अपहरणमा नपरेको बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies