


तीन दिनमा दुई चितुवा मृत फेला, बिष खुवाएर मारेको हुनसक्ने आशङ्का


-
-
जेठ ४ गते, २०७७ - १६:२६

गोरखा । गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चितुवा मृतावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।
“चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ”, उनले भने, “शरीरमा कतै पनि चोटपटक देखिएको छैन ।” मृतावस्थाको चितुवाकोे प्रकृति हेर्दा बिष खुवाएर मारेको हुनसक्ने आङ्शका वन कार्यालयले गरेको छ । उक्त मृत चितुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए ।
स्थानीयवासीले बयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ । चितुवा विष खुवाएर मारेको आशङ्कामा कार्यलयले अनुसन्धान शुरु गरेको उनले बताए । “यसरी नै मर्यो भन्न सकिहाल्ने अवस्था छैन”, प्रमुख पौड्यालले भने, “घटनाको सबै प्रकृति हेर्दा शङ्कास्पदजस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ ।”
उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए । “परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ”, उनले भने । यसअघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुुनेस्थित जङ्गलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थियो । शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उनको भनाइ छ । जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट
- लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
- ठगी मुद्दामा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी
- प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
- फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण