


कन्टेनर भ्यानमा लुकेर आएका ५० भारतीयलाई सिन्धुपाल्चोक फर्काइयो


-
-
जेठ ४ गते, २०७७ - १६:०६

काभ्रेपलाञ्चोक । कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउए । उनका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलस्थित खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो ।
भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले बताए । उनका अनुसार ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको तिमल्सिनाले बताए ।
सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षितसाथ राख्ने सहमति भएअनुसार मजदुरलाई सिन्धुपाल्चोकनै फर्काइएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनीमा तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा३ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए ।
बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गास्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । यसअघि गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यही जेठ १ गतेदेखि लागू हुनेगरी बन्दाबन्दीको समयका लागि एक जिल्लाबाट अर्को जिल्ला र जिल्लाभित्रका लागि जारी गरिएका सबै किसिमका पास र गरिएको रद्द गरिएको जानकारी गराएको थियो ।
यसैबीच कोरोना भाइरसका कारण स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत विहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेको २९ वर्षीया सुत्केरी महिलाको गत सोही दिन राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । मध्यपूर्वी पहाडबाट काठमाडौ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश