


सैनिक भेषमा सवारी चलाई लकडाउन उल्लङ्घन गर्ने गैरसैनिक नियन्त्रणमा


-
-
जेठ ४ गते, २०७७ - १४:१२

काठमाडौ । नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बाक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक प्रहरी खटाइएको हो ।
सेनाले काठमाडौँ उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ । सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ । जाँच गर्ने क्रममा बाँसबारीका राजु कोल्ड स्टोरका सञ्चालक सुशील खड्काले सैनिक पोशाक लगाएर लकडाउनको उल्लघन गरिरहेको अवस्थामा सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको सेनाले जानकारी दिएको छ ।
सैनिक मुख्यालयले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन र लकडाउन पालना गर्न अत्यावश्यक व्यक्ति अर्थात् १० प्रतिशत जनशक्तिलाई मात्र आवश्यकतानुसार जिम्मेवारीमा खटाएको छ । सैनिक सङ्गठनभित्र अनुशासन कायम गर्न सैनिक प्रहरीको विशेष भूमिका रहँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
