Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

उपत्यकामा राहत लिनेको सङ्ख्या ह्वात्तै घट्यो

\"\"
डोटीमा राहात वितरण गर्दै

काठमाडौं । सरकारले बन्दाबन्दीको अवधि थप गरिरहँदा काठमाडौँ उपत्यकाबाट धेरै नागरिक जिल्ला–जिल्लामा फर्केसँगै अहिले उपत्यकामा राहत माग्नेको सङ्ख्या कम भएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेमध्ये धेरै फर्किएकाले अहिले राहत चाहियो भन्दै आउनेको सङ्ख्या ह्वात्तै घटेको उपत्यकाका नगरपालिका बताउँछन् ।

नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेको बन्दाबन्दी दोस्रो÷तेस्रो सातामा पुग्दा उपत्यकामा राहत माग्ने धेरै थिए । तीमध्ये कतिपयले राहत नपाएको त कतिपयले पर्याप्त नभएको गुनासो गरेका थिए । एकातिर उपत्यकाका नगरपालिकाले राहत माग्ने सबैलाई दिइएको बताएका थिए भने नागरिकले राहत पाउन झन्झट भएको बताएका थिए । अहिले आफूले माग्न आउनेलाई दिइरहे पनि राहत माग्न आउनेको सङ्ख्या ह्वात्तै घटेको उपत्यकाको नगरपालिकाको भनाइ छ । पहिले बहालमा बस्ने व्यक्ति र न्यून वर्गमा मात्रै खाद्यान्नको अभाव भए पनि अहिले यो समस्या घरधनी र मध्यम वर्गमा समेत पुग्न थालेको पनि उनीहरुको अनुभव छ ।

चैतको ११ गते सरकारले बन्दाबन्दीको घोषणा गरेपछि पहिलो सातादेखि नै ललितपुर महानगरपालिकाले यहाँ बसोबास गर्ने विपन्न वर्गलाई खाद्यान्न राहत बाँडेको थियो । एक चरणमा राहत वितरणपछि अर्को चरणमा वडा वडाले बिहान र साँझ खाना खुवाएको प्रवक्ता राजु महर्जनले बताए । महानगरका २९ वटै वडाले आफ्नो क्षेत्रमा बसोबास गर्ने खाद्यान्न अभाव रहेका नागरिकलाई खाना खुवाएको थियो । नगरका कतिपय स्थानमा सामाजिक संस्था, समूह र व्यक्तिले समेत सामूहिकरुपमा खाना खुवाएको देखिन्थ्यो । उपत्यकामा यो साता कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिएर सरकारले बन्दाबन्दी कडाइ गरेकाले अहिले सामूहिक खाना खुवाउन रोकिएको छ । महानगरले वडा कार्यालयबाटै राहत वितरण गर्ने गरी खाद्यान्न पठाएको उनले बताए । उनले भने, “आवश्यक भएका व्यक्तिले आएर लैजानुभएको छ, तर राहत लिन आउने सबै वडामा घटेको छ ।”

बन्दाबन्दी जारी रहँदा महानगरभित्र घर भएकालाई पनि समस्या भएको प्रवक्ता महर्जनले बताए । विभिन्न पेशामा आबद्ध व्यक्तिले काम गर्न नपाउँदा र कतिपयको रोजगारी भए पनि तलब नपाउँदा खाद्यान्न अभाव हुन थालेको छ । उनले भने, “घर भए पनि राहत माग्दा अरुले के सोच्लान् भनेर उनीहरु आउन सकेका छैनन् ।”

काठमाडौँको कीर्तिपुर नगरपालिकाले झण्डै दुई महिनाको अवधिमा १० हजारलाई राहत बाँडेको छ । बन्दाबन्दीपछि पहिले केही समय दिनमा सयौँजना राहतका लागि आउने भए पनि दुई साता पहिलेबाट यो सङ्ख्या कम भएको नगर प्रमुख रमेश महर्जनले बताए। कतिपय मानिस घर फर्किएको र कतिपयले बैंक, सहकारीलगायत संस्था खुलेकाले पैसा झिक्न पाएको उनले बताए। विभिन्न संस्था र विकास निर्माणका काम हुँदा कतिपय काम गर्न थालेकाले यो समस्या कम भएको उनको भनाइ छ । उनले भने, “काम नभएका घर फर्किएको र यहाँ बसेकाहरु काममा लागेकाले पनि राहत माग्ने घटेको हुनसक्छ ।”

नगरपालिकाभित्र बसोबास गर्ने दैनिक ज्याला मजदुरी गर्ने ७५ प्रतिशत नागरिक आ–आफ्नो घर फर्किएको भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुखवासुदेव थापाले बताए । अहिले यहाँ भएका र दैनिक खानाको समस्या भएकालाई नियमित दिइरहेको उनको भनाइ छ । कुनै पनि व्यक्तिले मलाई राहत चाहियो भनेपछि उसलाई साँच्चै आवश्यक होरहोइन हेरेर एक घण्टाभित्रमा राहत दिइएको उनले भने । नगरपालिकाले व्यक्तिसँग नागरिकता, घरबेटीको सिफारिसलगायत कुनै पनि कागजात नमागी राहत दिइरहेको छ । अहिलेसम्म यस नगरपालिकाबाट ६ हजारले राहत लिएका छन् । कतिपय संस्था पनि नगरपालिकासँगको समन्वयमा राहत वितरणमा लागेका छन् । उनले भने, “आवश्यक पर्ने व्यक्तिलाई दोहो¥याएर पनि दिइरहेका छौँ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies