


शीत युद्व : एकातर्फ अमेरिका र उसका सहयोगी राष्ट्र अर्कोतर्फ चीन–रुस अमेरिका चीनको विरुद्व आफ्ना सहयोगीलाई उकास्दै, व्यापारिक सम्बन्ध तोड्न आग्रह गर्दै


-
खबर डबली संवाददाता
-
जेठ ४ गते, २०७७ - १३:५३

अमेरिकाले आफुँ निकटका विभिन्न ७ देशसँग भिडियो कन्फ्रेन्समार्फत कुराकारी गर्दै चीनको जर्वजस्ती रुपमा देखिएको उपस्थितिलाई रोक्नुपर्ने प्रस्ताव गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भारत, अष्ट्रेलिया, ब्राजील, इजरायल, जापान र दक्षिण कोरियाका समकक्षीसँग कुराकानी गर्दै चीनको विरुद्वमा एकाकार हुन आग्रह गरेका छन् ।
काठमाडौं । कोरोना संकटका बीच एक खालको शीत युद्वको सुरु भएको छ । जसमा एकातर्फ अमेरिका र उसका सहयोगी देश छन् भने अर्कोतर्फ चीन र रुस छन् । अहिले विना हिंसा एक अर्काप्रति आक्रामक रुपमा चेतावनी दिने काम भईरहेका छन् ।
विश्व युद्वपश्चात सन् १९४५ देखि १९८० को दशकसम्म चलेको युद्वको मानक अहिले प्रयोग भएको छ । अहिले अमेरिकाले चीनको विरुद्व आक्रामक रुपले आफ्ना सहयोगीलाई जमघट गराईरहेको छ । उसले आफ्ना सहयोगीमार्फत चीनसँग व्यापारिक सम्बन्ध तोड्नुपर्ने आग्रह गरिरहेको छ ।
अष्ट्रेलियालाई व्यापार तोड्न अमेरिकाको दबाब
अमेरिकाले अष्ट्रेलियालाई चीनसँगको व्यापारिक सम्बन्ध तत्कालै तोड्न आग्रह गरिरहेको छ । जसको प्रभाव पछिल्लो समय केहि खाद्यवस्तु आयात निर्यातमा देखिएको छ ।
अमेरिकाको दबाबका बीच अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसले कोरोना भाइरसको व्यापक जाँच गर्न माग गरेसँगै चीनले अष्ट्रेलियाबाट गाईको मासु र जौको आयातमा रोक लगाएको छ । चीनले रोक लगाए पनि अष्ट्रेलियाले भने आफ्नो भनाईलाई निरन्तर राखिरहेको छ ।
चीन र अष्ट्रेलियाबीच निकै राम्रो व्यापारिक सम्बन्ध छ । अष्ट्रेलियाको कुल निर्यातको ३० प्रतिशत चीनमा जाने गरेको छ । जुन उसको जिडिपीको ७ प्रतिशत पनि हो । साथै चिनियाँ विद्यार्थी र पर्यटक अष्ट्रेलियामा निकै जाने गरेका छन् । तर कोरोना महामारीसँगै अमेरिकाको दबाबमा उसले व्यापारिक सम्बन्ध तोड्न अग्रसरता देखाएको छ ।
जापान पनि चीनसँग सम्बन्ध पुर्नविचारमा
अष्ट्रेलियापश्चात जापानले पनि चीनसँग आफ्नो व्यापारिक सम्बन्ध कम गराउन खोजेको देखिएको छ । कोरोना महामारीलाई लिएर जापानले चीनप्रति आशंका जनाउँदै आएको छ । जापानको मुख्य क्याबिनेटका सचिव योशिहिदे सुगाले आफुँहरु चीनसँग सम्बन्धबारे पुर्नविचार भईरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले चीनसँगको कुटनीतिक सम्बन्ध नै तोड्ने धम्की दिएका थिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो निर्णयमा अडिग नरहने नेता हुन् । तर उनले पछिल्लो समय चीनविरुद्व निरन्तर आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।
गत बिहिबार एक अन्तरवार्ताको क्रममा उनले चीनसँगको कुटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने धम्की दिएका थिए । उनले कोरोना भाइरस चीनले फैलाएको बताइरहेका छन् । साथै ट्रम्पले कोरोनाबाट भएको क्षति चीनले व्यहोर्नुपर्ने बताईरहेका छन् ।
कोरोनाबारे भने चीनले अमेरिकाको प्रतिक्रिया गलत भएको भन्दै सच्याउन चेतावनी दिँदै आएको छ । हालै मात्र चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाको शैली अति निकृष्ट भएको बताएका थिए ।

चीनविरुद्व एलाइन्स बनाउन अमेरिकाले सात देशसँग छलफल गरेको
अमेरिकाले आफुँ निकटका विभिन्न ७ देशसँग भिडियो कन्फ्रेन्समार्फत कुराकारी गर्दै चीनको जर्वजस्ती रुपमा देखिएको उपस्थितिलाई रोक्नुपर्ने प्रस्ताव गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भारत, अष्ट्रेलिया, ब्राजील, इजरायल, जापान र दक्षिण कोरियाका समकक्षीसँग कुराकानी गर्दै चीनको विरुद्वमा एकाकार हुन आग्रह गरेका छन् ।
गत सोमबार पोम्पिओले सात देशका समकक्षीसँग कुराकानी गर्दै चीनले भाइरस फैलिनुमा पारदर्शिता नदेखाएको बताए । उनले घातक कोरोना महामारी र चीनको भूमिका शंकास्पद खालको भएको भन्दै कोरोनाबाट जोगिन पनि सबै देश मिल्नुपर्ने बताए ।
भिडियो कन्फ्रेन्समा चीनसँगको व्यापारिक सम्झौता अन्त्य तर्फ पहल गर्नुपर्ने पनि कुराकानी भएको थियो । एजेन्सीकाे सहयाेगमा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
- प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
- नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
- इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु