


कोरोना अपडेटः विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित


-
-
जेठ ४ गते, २०७७ - १२:५१

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ४६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१८ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ११३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १५ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८१६ जनाको ज्यान गएको छ ।एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री पद छोड्नुपर्योः अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौं : प्रधानमन्त्री ओली
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै...लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?
काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो...
