Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

\"\"

दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो घटना भएको हो ।

यमनको दक्षिणी क्षेत्रलाई अलग्याउने उद्देश्यसाथ लडिरहेको साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटिसी) समर्थित पृथकतावादी फौजले सरकार समर्थित फौजको डटेर सामना गरिरहेको जनाएको छ । सरकारी फौजले दक्षिणको मुख्य शहर एडेनबाट करिब ६० किलोमिटर दक्षिणस्थित जिन्जिबारको बाहिरी इलाकालाई लक्षित गरी आक्रमण गरिरहेको छ ।

एक जना सरकारी सैन्य अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई आफ्ना तर्फका १४ जना लडाकू मारिएको बताए । सरकारी सैनिक मारिएको बारेमा पृथकतावादी सैनिक स्रोतले पनि पुष्टि गरेको छ । उनीहरुले सरकार समर्थित ४० जना सैनिकलाई कब्जामा लिनुका साथै ठूलो परिमाणमा हातहतियार बरामद गरेको बताएका छन् ।

पृथकतावादी एक जना कमान्डरले सरकारी फौज जिन्जिबार नगरको भित्री भागमा पस्न नसकेको जानकारी दिए । गत अप्रिल २६ मा यमनको दक्षिणी क्षेत्रलाई पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछिको यो पहिलो भिडन्त हो ।

दक्षिणी क्षेत्रमा शुरु भएको भिडन्तले राजधानी साना सहित उत्तरी क्षेत्रमा कब्जा जमाएको इरान समर्थिक हुथी विद्रोही र साउदी अरेबिया समर्थित सरकारबीच जारी भिडन्तलाई थप जटिल बनाएको छ ।

सरकार र दक्षिणमा सक्रिय एसटिसी प्राविधिक रुपमा हुथी विरुद्धको लामो युद्धमा सँगै छन् । तर पृथकतावादी समूह एसटिसी र साउदी समर्थित सरकारबीच पुनः फाटो आएको छ । सरकार र एसटिसीबीच गत नोभेम्बरमा रियादमा भएको युद्धविराम र सत्ता सहभागिता सम्बन्धी सम्झौतालाई सरकारले उल्लंघन गरेको भन्दै एसटिसी उक्त सम्झौताबाट अलग्गिएको छ ।

विगत छ वर्षदेखि जारी गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबारविहीन भएका छन् । संयुक्त राष्ट्रसंघले यमनको गृहयुद्ध सर्वाधिक दर्दनाक मानवीय संकटपूर्ण घटना भन्दै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies