Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

\"\"

लम्की । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न थालेपछि स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर खाली गरिएका छन् । यसैक्रममा जोशीपुरमा रहेको सशस्त्र शिविर शुक्रबार राति भजनी सीमामा सारिएको छ भने प्रतापपुरमा रहेको शिविर पनि एक दुई दिनमा सार्ने तयारीमा रहेको बुझिएको छ ।

लकडाउनकै समयमा सरकारले नाका र सीमा सुरक्षामा कडाइ गरेको छ । पछिल्लो एक महिनामा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको छ । सरकारले कैलाली चार स्थानमा बिओपी र ४८ स्थानमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा आधार शिविर राखेको छ ।

यसरी सीमामा ६४० प्रहरीलाई परिचालन गरिएको सशस्त्र प्रहरी बल ७ नं बाहिनी मुख्यालयले जनाएको छ । स्रोतका अनुसार सीमामा राखिएका बिओपी र कैलालीका स्थानीय तहमा भएका आधार शिविरमा २०० प्रहरी थिए भने ४४० जना पहाडी जिल्लाबाट झिकाइएका हुन् ।

एउटा चौकीमा १० देखि ३५ प्रहरी खटाइएको छ । कैलालीको सीमा १०१ किलोमिटर रहेको छ । सीमाबाट अनधिकृतरूपमा भारतबाट मानिस आउन थालेपछि र अतिक्रमण बढेपछि स्थानीय सरकारले सीमामा सशस्त्र प्रहरी खटाउन माग गर्दै आएका थिए । “टीकापुर–८ श्रीलङ्कामा सीमा सुरक्षामा चुनौती बढ्दै गएको थियो, हामीले बिओपी स्थापना गर्न माग गरेका थियौँ । सरकारले अस्थायी जाँचचौकी स्थापना गरेको छ”, वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, “अस्थायी जाँचचौकीले पनि सीमा सुरक्षालगायत शान्ति सुरक्षाका सवालमा धेरै राहत भएको महसुस गरेका छौँ ।”

स्थानीय तहमा भएका शिविर खाली गरिएपछि स्थानीय जनता भने चिन्तित भएका छन् । जोशीपुर क्षेत्रमा शान्ति सुरक्षाको चुनौती भएकै अवस्थामा सरकारले सशस्त्र शिविर हटाउन नहुने स्थानीयवासीको माग छ । ‘‘शान्ति सुरक्षा चुनौती यथावत छ । सशस्त्र प्रहरी अन्यत्र नलग्नुपर्ने”, पूर्वगाविस अध्यक्ष वीरबहादुर हमालले भने, “सशस्त्र प्रहरीकै कारण जनताले राहत महसुस गरेका थिए । सशस्त्र गएपछि स्थानीय नागरिक भने दुःखी भएका छन् ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies