Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

\"\"

नेपालगञ्ज । बन्दाबन्दीका कारण नेपालगञ्जको एकलैनी बजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको छैन । बजेट अभाव र स्थानीयवासीको अवरोधले दुई दशकदेखि अलपत्र पुरानो एकलैनी सडक विस्तार योजना अहिले बन्दाबन्दीका कारण अघि बढ्न नसकेको हो ।
राज्यको नयाँ प्रशासनिक संरचनानुसार स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन वर्ष पुग्न लाग्दा समेत योजनाको काम अभैm अघि बढ्न सकेको छैन । ‘लामो समयको खिँचातानीपछि अहिले एकलैनी क्षेत्रका स्थानीयवासी घर भत्काउन सहमत भए पनि बन्दाबन्दीले सडक विस्तारको प्रक्रिया रोकिएको हो’, नेपालगञ्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले भने ।

नेपालगञ्ज सानो हुँदा सबै कारोबार एकलैनी बजारबाट हुने गथ्र्यो । समयक्रमसँगै नगरले आकार लिँदै गएपछि सो क्षेत्र अहिले साघुँरो स्वरुपमा छ । मोटर जान सक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावलगायत साँघुरोपनको अवस्था एकलैनीले वर्षौँदेखि भोग्दै आएको बताइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले एकलैनी विस्तार योजना एशियाली विकास बैंकको भेरिएसन अर्डरमा परेन भने छिट्टै शुरु गरिने जिकिर गरे । झण्डै पाँच हजार घरधुरीको बसोबास रहेको उक्त बजारक्षेत्र र बस्तीमा योजनाअन्तर्गत आठ मिटर चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख डा राणाले बताए । ‘करीब बीस वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले पुरानो भएर पनि योजनाको काम शुरु हुन नसकेको हो तर अब धेरै समय पर्खनुपर्दैन, छिट्टै योजनाको काम शुरु हुने सम्भावना छ’, उनले भने। बन्दाबन्दीको अवस्था समाप्त हुनासाथ योजनाका विषयगत प्रक्रिया दु्रतगतिमा अघि बढ्ने डा राणाले बताए

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies