Khabar Dabali Logo
  January 18, Mon

एनआरएनद्धारा कोभिड –१९ बाट प्रभावित ४९ देशमा राहत वितरण

काठमाडौँ । एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार ४९ देशका तीन सय क्षेत्र (शहर) मा एक हजार ६ सयभन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सक परिचालन गरिएको छ । संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्ष र ४० हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् ।

मलेसिया, युएई, साउदी अरब, कुवेत, बहराइन, स्पेन, पोर्तुगल, इटली, माल्टा र साइप्रसमा संस्थाले करीब रु ५५ लाख आर्थिक सहयोगसमेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरि विश्वभर राहतका लागि अभियान सञ्चालन गरेको थियो ।

जेठ ४ गते, २०७७ - १०:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...   

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...   

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...   

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...   

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...   

वन सुधार गर्न प्राविधिकको माग

काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...   

तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर

तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...   

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...   

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top