


नीति तथा कार्यक्रम : निजी क्षेत्र असन्तुष्ट


-
-
जेठ ४ गते, २०७७ - ०८:२१

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिले अगामी आर्थिक वर्ष २०७७–७८ का लागि सरकारले घोषणा गरेको नीति तथा कार्यक्रमले हालका जटिल समस्याको हल खोज्न नसक्ने बताएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार आयोजना गरेको एक भिडियो सम्मेलनमा व्यवसायीका प्रमुख छाता संस्थाका पदाधिकारीले यस्तो बताएका हुन् । उनीहरूले कोरोना महामारीका कारण उत्पन्न संकटबाट मुलुकलाई बाहिर निकाल्न सरकारी कार्यक्रम ‘निरश’ देखिएको बताए ।
निजी क्षेत्रका चार वटै संगठन– नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीले अपेक्षाकृत कार्यक्रम आउन नसकेको बताए । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ६४ पृष्ठको सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेकी थिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नीति तथा कार्यक्रमको ‘खुलेर स्वागत गर्न नसकिने’ बताए । उनले छिमेकी भारत, बंगलादेशजस्ता मुलुकलाई हेरेर पनि सरकारले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा ५ प्रतिशत हुने आर्थिक पुनरुत्थान प्योकज ल्याइनुपर्ने बताए ।
‘१३ दिनपछि आउने बजेटले हाम्रा चासोलाई कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी छ’, उनले भने । उनले गरिब जनता, विदेशबाट फर्केका श्रमिक र साना तथा मझौला उद्यमलाई ‘बाँच्न सक्ने’ वातावारण बनाउन सरकारले सहयोग गर्नै पर्ने बताए ।
व्यवसायीले स्वास्थ्य क्षेत्रलाई राम्रोसँग सम्बोधन गरिएकोमा भने स्वागत गरेका छन् । कृषिलाई आधुनिकीकरण गर्ने र व्यावसायिकतातर्फ आकर्षित गर्ने विषय पनि स्वागतयोग्य भएको उनीहरूले बताए ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले पनि आगामी बजेटमा पुनरुत्थान कार्यक्रम घोषणा हुनेमा आशावादी रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भने अहिले समस्यामा रहेका हवाई तथा पर्यटन व्यवसायलाई आपसमा गाभिने सुविधा दिन सरकारलाई सुझाए । उनले साना तथा मझौला उद्यमलाई बचाउन सरकारले राज्यकोषबाट पैसा खर्चने बाटो खोल्नुपर्ने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले आन्तरिक उत्पादन बढाउनेमा सरकारी प्राथमिकता अझै कमजोर रहेको बताए । उनले कृषि उत्पादनसँगै औषधि, ऊर्जा जस्ता अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुने कार्यक्रम सरकारले अघि सार्न नसकेको बताए ।
सरकारले नीतिगत रूपमा व्यवस्था गरेका कतिपय प्रावधानको कार्यान्वयन हुन नसकेको भन्दै सिंहले सरकारी कार्यक्रमको विस्वसनीयता समेत कमजोर रहेको टिप्पणी गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...
