Khabar Dabali Logo
  January 25, Mon

नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई मनाउँदै प्रधानमन्त्री

काठमाडौं। संसदीय दलको बैठक नबस्ने भएपछि नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ( प्रमुख प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रमको कडा आलोचना गर्ने गरी शनिबार तयारी गरेपछि प्रधानमन्त्री ओलीले पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा केही सांसदहरूसँग स–साना समूहमा अलग–अलग छलफल गरेका छन् । पार्टीभित्रबाट सकेसम्म असहयोग नहोस् भन्ने प्रधानमन्त्री ओलीको चाहना छ ।

प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद टोपबहादुर रायमाझीलगायतका नेताहरूसँग प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमबारे सांसदहरूले राख्नुपर्ने धारणामा केन्द्रित रहेर परामर्श गरेका हुन् । पार्टीभित्र पर्याप्त छलफल नभई नीति तथा कार्यक्रम आएकोमा नेकपाका नेताहरू असन्तुष्ट छन् ।

उता, वरिष्ठ नेता माधवकुमार नेपालले पनि नीति तथा कार्यक्रमका साथै पार्टीभित्रको पछिल्लो अन्तरविरोधलगायतका विषयमा केन्द्रित रहेर स्थायी समिति सदस्यसमेत रहेका सांसद रायमाझीसहित स्थायी समिति सदस्य देवेन्द्र पौडेल र मणि थापासँग कोटेश्वरमा परामर्श गरेका छन् ।

दुवै छलफलमा सहभागी भएका सांसद रायमाझीले प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर सुझाब लिएको बताए ।

‘नीति तथा कार्यक्रममाथि सुझाब लिन आन्तरिक छलफलका लागि बोलाउनु भएको हो, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले पनि त्यसरी नै बोलाउनु भएकाले छलफल भएको छ,’ रायमाझीले भने, ‘दलको बैठक बस्ने परिस्थिति नभए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै रहेकाले त्यसउपर संसद्मा छलफल भएर पास गर्ने विषयमैै केन्द्रित रहेर छलफल भएको हो ।’

वरिष्ठ नेता नेपालले भने पार्टीभित्र संस्थागत विधि र प्रक्रियालाई लत्याउने क्रम बढेको भन्दै पार्टीलाई एकताबद्ध ढंगले कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेर पनि नेताहरूसँग सुझाब लिएका छन् ।

नेताहरूसँगको छलफलमा नेपालले नीति तथा कार्यक्रम मूल रूपमा ठीकै भए पनि आर्थिक वर्ष्भित्र ठोस रूपमा गर्नेभन्दा पनि यसअघिको समीक्षा र दश–बीस वर्षपछिसम्म गर्न नसकिने खालका विषयसमेत समेटेर भद्दा रूपमा ल्याइएको विचार राखेका थिए ।

त्यस्तै, उनले नीति तथा कार्यक्रमबारे तीनैजना नेताहरूसँग जिज्ञासा समेत राखेका थिए । छलफलमा सहभागी अर्का नेता देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि समर्थन या विरोधमध्ये एक हुने भएकाले छलफलपछि पारित गर्ने गरी नै कुराकानी चलिरहेको बताए ।

जेठ ४ गते, २०७७ - ०६:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...   

आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...   

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...   

काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...   

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...   

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...   

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...   

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top