


कपिलवस्तु रेड जोनमाः पाँच हजार क्वारेन्टिनमा


-
-
जेठ ३ गते, २०७७ - १९:०९

कपिलबस्तु । कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् ।जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
गत वैशाख २५, २६ र २७ गते उनीहरु भारत लुकिछिपी नेपाल आएका थिए । पुष्टि भएका तीन जना शिवराज ३ सुपादेउराली क्वारेन्टिनबाट कोरोना अस्पाताल बेलझुन्डी दाङ लैजाने तयारी भइरहेको प्रजिअ पौडेलले बताए। वैशाख २९ गते शिवराज नगरपालिकाको क्वारेन्टिनमा रहेका ६६ जनाको स्वाब संकलन गरिएको शिवराज स्वास्थ्य शाखा संयोजक चूडामणि भट्टराईले जानकारी दिए। शिवराज ३ खरेन्द्रपुर सुपादेउराली क्वारेन्टिन र वडा नं ९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाड क्वारेन्टिनमा अहिले ३३८ जना छन् ।
नगरको वडा नं ८ विसनपुरका एक युवक गत वैशाख २५ र अर्को वैशाख २७ गते सिमानाबाट लुकेर आएको खबर पाउनेबित्तिकै गाउँको बगैँचाबाटै क्वारेन्टिन पठाइएको वडाध्यक्ष शंकर अहिरले बताए । संक्रमित दुवै युवा कसैको सम्पर्कमा नआई तत्काल क्वारेन्टिनमा गएको जनाइएको छ ।
शिवराज ११ का संक्रमित युवक वैशाख २६ गते नेपाल आएपछि टोल बाहिरैबाट क्वारेन्टिनमा बस्न गएको वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए। वडा नं ११ का अहिले १० जना क्वारेन्टिनमा रहेको बताइएको छ ।
नयाँ थप भएसंँगै जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । कपिलवस्तु जिल्लाका यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा नौ, कृष्णनगर नगरपालिकामा आठ, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा चारचार, वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा एकएक तथा शिवराजका तीन जनामा कोरोना संक्रमण भएको छ । जिल्लामा चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारी र एक ६ वर्षीया बालिकामा संक्रमण भएको हो । कपिलवस्तु जिल्लाभरका क्वारेन्टिनमा हाल झण्डै पाँच हजार छन् ।
कपिलवस्तु रेड जोनमाः पाँच हजार क्वारेन्टिनमा
कपिलवस्तु, ३ जेठ ९रासस०ः कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् ।जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
गत वैशाख २५, २६ र २७ गते उनीहरु भारत लुकिछिपी नेपाल आएका थिए । पुष्टि भएका तीन जना शिवराज ३ सुपादेउराली क्वारेन्टिनबाट कोरोना अस्पाताल बेलझुन्डी दाङ लैजाने तयारी भइरहेको प्रजिअ पौडेलले बताए। वैशाख २९ गते शिवराज नगरपालिकाको क्वारेन्टिनमा रहेका ६६ जनाको स्वाब संकलन गरिएको शिवराज स्वास्थ्य शाखा संयोजक चूडामणि भट्टराईले जानकारी दिनुभयो । शिवराज ३ खरेन्द्रपुर सुपादेउराली क्वारेन्टिन र वडा नं ९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाड क्वारेन्टिनमा अहिले ३३८ जना छन् ।
नगरको वडा नं ८ विसनपुरका एक युवक गत वैशाख २५ र अर्को वैशाख २७ गते सिमानाबाट लुकेर आएको खबर पाउनेबित्तिकै गाउँको बगैँचाबाटै क्वारेन्टिन पठाइएको वडाध्यक्ष शंकर अहिरले बताउनुभयो । संक्रमित दुवै युवा कसैको सम्पर्कमा नआई तत्काल क्वारेन्टिनमा गएको जनाइएको छ ।
शिवराज ११ का संक्रमित युवक वैशाख २६ गते नेपाल आएपछि टोल बाहिरैबाट क्वारेन्टिनमा बस्न गएको वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए । वडा नं ११ का अहिले १० जना क्वारेन्टिनमा रहेको बताइएको छ ।
नयाँ थप भएसंँगै जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । कपिलवस्तु जिल्लाका यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा नौ, कृष्णनगर नगरपालिकामा आठ, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा चारचार, वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा एकएक तथा शिवराजका तीन जनामा कोरोना संक्रमण भएको छ । जिल्लामा चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारी र एक ६ वर्षीया बालिकामा संक्रमण भएको हो । कपिलवस्तु जिल्लाभरका क्वारेन्टिनमा हाल झण्डै पाँच हजार छन् ।
क्वारेन्टिन बनाउने विषयमा विवाद
विजयनगर गाउँपालिका –५ महादेव गाउँमा क्वारेन्टिन निर्माणका विषयमा विवाद भएको छ । वडा कार्यालयले पुरानो स्वास्थ्य कार्यालयलाई क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका हुन् । विरोध गर्नेक्रममा प्रहरी र स्थानीयवासीबीच सामान्य झडपसमेत भएको छ । झडपका क्रममा स्थानीयवासी ४५ वर्षीय गुजराती कुर्मी र ३५ वर्षीया आमिना खातुन घाइते भएको स्थानीयवासी पवन चौधरीले जानकारी दिए ।
घाइते महिलालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ । घाइते दुवैको स्वास्थ्यावस्था सामान्य रहेको वडा नं ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानले जानकारी दिए । इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले क्वारेन्टिन बनाउने विषयमा सामान्य विवाद भएको बताए । पाँच नंका वडाध्यक्ष मुसलमान र वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन
काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको...

प्रतिकृया लेख्नुहोस्:
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी