


सीमा अतिक्रमणको विरुद्धमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाइयो


-
-
जेठ ३ गते, २०७७ - १७:०९

काठमाडौँ । जर्मनीमा क्रियाशील नेपाली सङ्घसंस्थाले भारतले नेपाली भूमिक अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट शुक्रबार संयुक्त विरोध पत्र भारतीय दूतावासमा बुझाइएको हो । मञ्चका महासचिव शम्भुप्रसाद पोखरेलले सो विरोध पत्र दूतावासका प्रतिनिधिलाई बझाएको हो ।
यसअघि जर्मनीमा क्रियाशील प्रवासी नेपालीका सङ्घसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरे पनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार बनाएको भन्दै भत्र्सना गरेका थिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रियाले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अष्ट्रियाको भियानास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको थियो । सङ्घले सबै मुलुकमा रहेका समितिमार्फत सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको व्यवहोरासहितको ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो ।
यसैबीच सङ्घले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ । लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर सङ्कलन गर्न लागेका हुन् । हस्ताक्षर अभियान शुक्रबारदेखि शुरु भएको छ । विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइने सङ्घले जनाएको छ । यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । सङ्कलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना सञ्चार तथा प्रशासन समितिले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
छापावाला सुनको मुल्यमा वृद्धि, चाँदीको मूल्यमा भने सामान्य गिरावट
काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु...काभ्रेपलाञ्चोक मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया
काभ्रेपलाञ्चोक । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल...प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई...महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी...‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १०...करिब २५ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ
लहान । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ...गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा...भारको अनुलदानमा उपलब्ध कोरोना खोप ‘कोभिशिल्ड’ कर्णालीमा पुग्यो
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु
लगकोट । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान...विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...

प्रतिकृया लेख्नुहोस्:
- छापावाला सुनको मुल्यमा वृद्धि, चाँदीको मूल्यमा भने सामान्य गिरावट
- काभ्रेपलाञ्चोक मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
- महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
- ‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत