Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतीय सीमाबाट लुकीछिपी आउने क्रम रोकिएन

कञ्चनपुर । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन ।

सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा महाकाली नदीमा ट्युबमा तरेर आउने क्रम नरोकिएको जनाइएको छ ।

शुक्रबारमात्रै सीमा क्षेत्रमा प्रवेश गरेका ६५ जना नेपालीलाई दशगजा क्षेत्रमा राखिएको छ । महाकाली नगरपालिकाको मायापुरी वन क्षेत्रको दशगजा क्षेत्रमा ३८ तथा भारतको टनकपुर नाका भएर सीमा क्षेत्र प्रवेश गरेका २७ जनालाई पनि दशगजा क्षेत्रमै राखिएको छ ।

महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा बस्दै आएकालाई नगरपालिकाले खानपिनको व्यवस्था गरेको छ । ब्रह्मदेव बजार नजिकैको दशगजा क्षेत्रमा बस्दै आएकालाई भीमदत्त नगरपालिकाले खानपिनको व्यवस्थापन गरेको छ । सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकथाम गरिएकालाई तत्काल सीमानाका प्रवेश गर्न दिने नदिनेबारे निर्णय भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए।

भारतका विभिन्न क्षेत्रबाट फर्कंदै गरेका नेपालीलाई भारतीय शुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाड्न थालेपछि समस्या उत्पन्न भएको महाकाली नगरपालिकाका प्र्रवक्ता दिलबहादुर सिजालीले बताए ।

रोजगारी गुमेपछि खानाको अभावमा नेपाली मजदुर पैदल र रेल मार्गबाट सीमा नाकामा पुग्न थालेका छन् । धेरैजना शुरक्षाकर्मीको आँखा छिचोल्दै सीमा क्षेत्र नाघेर घर पुग्ने क्रम पनि जारी रहेको छ । अवैधरुपमा सीमा नाका प्रवेश गरेर घर फर्कनेमाथि स्थानीय तहले समेत निगरानी बढाएका छन् ।

भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले सीमा क्षेत्रमा ल्याएर छाडिदिँदा निकै चुनौतीको सामना गर्नुपरेको बताए । सुरक्षाकर्मीको व्यस्तता बढेको छ उनले भने, “सुरक्षाकर्मीलाई समेत सङ्क्रमण हुन सक्ने जोखिम बढेको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies