


लहान अस्पताललाई कोरोना अस्पताल बनाउने भनेपछि स्थानीयवासीको विरोध


-
-
जेठ ३ गते, २०७७ - १४:३०

सिरहा । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् ।
यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र नै खतरामा पर्न सक्ने भन्दै स्थानीयवासीले प्रदेश नंं २ सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।
अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थानीयवासीले लहान अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने बताएका छन् । अस्पताल वरिपरि घना बस्ती भएकाले कोरोना अस्पताल बनाइए सम्भावित खतरा हुन सक्ने भन्दै स्थानीयवासीले खाली रहेको लहानस्थित बलान नदी पुल छेउको कभर्ड हलमा कोरोना अस्पताल सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।
प्रदेश सरकारले अहिले सञ्चालन अवस्थामा रहेको रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेका कारण स्थानीयवासी त्रसित बनेकाले प्रदेश सरकारले यो निर्णय सच्याउनुपर्ने स्थानीयवासी तथा जनता समाजवादी पार्टीका युवा नेता ललितनारायण महतोले बताए।
गरिब, विपन्न परिवारले सहज उपचार पाइरहेको सो अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय गलत भएको भन्दै अर्का स्थानीय तथा महिला वडा सदस्य नगिना पासवानले यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएपछि गरिब विपन्न उपचारबाट वञ्चित हुने बताए ।
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले लहानस्थित सो अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय केही दिनअघि गरेको थियो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेक सातवटा जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने गरी तयारी थालेको छ । प्रदेशका सबै जिल्लामा थप ३÷३ सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत प्रदेश सरकारको छ ।
प्रदेश सरकारको निर्णयानुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीको विषयमा आफूहरुसँग छलफलसमेत गरेको स्थानीयवासीको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...जनताका घरदैलामा जान थापाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै
काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...
