Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दूध बिक्री नभएपछि धमाधम भैँसी बिक्री गर्दै कृषक

तनहुँ । गत चैत १९ गते लकडाउन समयमा गाउँमा पाल्न असहज भएपछि शहर नजीकै झारेका यहाँका एक कृषकले धमाधम भैँसी बिक्री गर्न थालेका छन्। व्यास नगरपालिका–१३ गुदीका ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट दमौली बजार नजीक व्यास–४ सिमलटारमा भैँसी झारी पाल्दैआएका थिए ।

लकडाउनसँगै आफ्नो फर्ममा रहेका २२ मुर्रा भँैसीमध्ये दश पाडा र चार माउ बिक्री गरिसकेको कृषक पन्थले जानकारी दिए । अब फर्ममा आठ भैँसी छन् ।उनले भने, ‘दूध दिन छाडेपछि ती भँैसीलाई महँगो पराल, चोकर खुवाएर पाल्नुभन्दा बिक्री गर्न उचित ठानेर भटाभट बिक्री गर्न थालेको हुँ ।’ गुदी सदरमुकाम दमौलीदेखि करीब आठ किलोमिटर दूरीमा पर्छ । लकडाउनका कारण परालचोकर ढुवानी गर्न असहज र दूध बिक्री गर्नसमेत कठिनाइ हुने भएपछि उनले दमौली बजार नजीकै आफन्तका फर्ममा भँैसी झारेर पाल्दैआएका थिए ।

अहिले दुुहुना भैँसीले दूध दिन छाडिसकेका छन् । गाउँफर्क कृषि तथा पशु फर्मका सञ्चालक उनले भन्नुभयो, ‘भारतबाट आएर मानिसहरु दूध दिन शुरु गरेको भैँसी ल्याइदिएर दूध दिन छाडेका भैँसी आधा मूल्यमा लैजाने गर्थे तर नाका नै बन्द भएपछि अहिले थारा भँैसी पालेर बस्नुभन्दा गाउँघरमै सस्तो मूल्यमा दिने गरेको छु । लकडाउन खुलेपछि पुनः गाउँमै पाल्न शुरु गर्ने योजना बनाइएको उनले बताए।

लामो समय शिक्षण पेशामा लागेका पन्थले विसं २०७६ भदौदेखि भैँसीपालन व्यवसाय थालेका थिए । फर्म सञ्चालनका क्रममा पन्थले हालसम्म भौतिक संरचना निर्माणसहित रु एक करोड दश लाख लगानी गरिसकेका छन् ।

कूल पाँच सय रोपनी क्षेत्रफलमा उनले भैँसीपालनका साथै उन्नत बाख्रा, फलफूल खेती र घाँस खेती पनि गरे । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफू यस क्षेत्रमा लागे पनि पहिलो गाँसमै ढुङ्गा लागेको अनुभव उनले गरेक छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies