Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चितवनमा कोरोनाका बिरामीलाई कोरोना अस्पतालमै उपचार गरिने

चितवन । कोरोना आशङ्का गरिएका र पुष्टि भएर पनि सामान्य लक्षणमात्र देखिएका बिरामीलाई यहाँको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गरिने भएको छ । भरतपुर अस्पतालमा त्यस्ता बिरामी राख्दा अन्य बिरामीलाई समस्या पर्न सक्ने भएकाले पहिलो तहका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न लागिएको हो ।

भरतपुर अस्पताल मातहतमा भरतपुर कोरोना विशेष अस्पताल र भरतपुर कोभिड–१९ प्रयोगशाला रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । तह दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको तिवारी बताउछन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई पहिलो तहको अस्पतालमा उपचार गर्न सकिने उनले बताए ।

तिवारीले यसअघि पहिलो तहमा राख्नुपर्ने दुई सङ्क्रमितलाई भरतपुर अस्पतलामा लगिएको भए पनि अब त्यसो नगरिने बताए । कोरोना अस्थायी अस्पतालमा ५० साधारण श्यया छन् । त्यही १०÷१० श्ययाका एचडीयू र सघन उपचारकक्ष पनि रहेका छन् । कोरोनाकै बिरामीलाई उपचार गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको अगुवाइमा सो अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । हालसम्म कोरोना अस्पतालमा ६०१ जनाको उपचार गरिसकिएको छ । यही चैत ७ गते अस्पताल स्थापना भएको हो ।

कोरोना रोकथामका लागि भरतपुर अस्पतालको मातहतमा चैत २३ गतेबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म ७४५ को पिसीआर परीक्षण गरिएको छ । अस्पतालको प्रयोगशालामा सबैभन्दा बढी परीक्षण गरिएको उनले जानकारी दिए । यहाँको प्रयोगशाला स्थापना हुनुअघि र किट अभाव हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु र प्रदेश प्रयोगशाला हेटौडा पठाउने गरिएको छ ।

कोरोनाका लागि निर्माण गरिएकाले अस्पतालमा आवश्यक पर्ने सबै प्रबन्ध मिलाइएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । कोरोना आशङ्का भएका र कोरोना पुष्टि भइ सामान्य अवस्थामा रहेका बिरामीलाई कोरोना अस्पतालमा राख्दा भरतपुर अस्पताल अन्य बिरामीका लागि थप सुरक्षित हुने अधिकारीको भनाइ छ । सर्वसाधारणले निःशुल्क र न्यून शुल्कमा उपचार पाउने अस्पतालमा जटिल नभएसम्म कोरोनाका बिरामी नराखिने उनले बताए । अधिकारीले भने, “अस्पताल आएर उपचार गर्नुपर्ने बिरामीका लागि भरतपुर अस्पताल पूर्णरूपमा सुरक्षित छ ।” अस्पतालले सकेसम्म सामाजिक दूरी कायम गरेर सबै बिरामीको उपचार गरिरहेको छ ।

भरतपुर अस्पतामा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सङ्घीय अस्पताल भएकाले यहाँ विशेषज्ञ चिकित्सकबाट सबैखालका उपचार हुने गर्दछन् । यस अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्र्रसूति गराउने गर्दछन् । प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूतिका बिरामीलाई छुट्टै भवनको व्यवस्था गरिएको छ । यो ६०० श्ययाको केन्द्रीय अस्पताल हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies