


चालू वर्षको पाँच अर्बमध्ये पौने चार अर्ब फ्रिज, कार्यक्रमलाई भने निरन्तरता


-
-
जेठ ३ गते, २०७७ - ०७:०५

काठमाडौं । ०७६–७७ बाट सुरु भएको राष्ट्रपति शैक्षिक कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । चालू आर्थिक वर्षमा पाँच अर्बको यो कार्यक्रमको पौने चार अर्ब फ्रिज हुने अवस्थामा छ ।
‘आजको नयाँ पत्रिका दैनिकमा खबर छ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत शिक्षण संस्थाको भौतिक पूर्वाधार तथा शिक्षण सिकाइ सुविधामा सुधार गरिनेछ । यस कार्यक्रममा वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास तथा नव प्रवर्तन एवं बौद्धिक प्रतिभाहरूलाई प्रोत्साहनलगायतका कार्य समावेश गरिनेछ,’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको ०७७–७८ को नीति तथा कार्यक्रममा भनिएको छ ।
शिक्षा क्षेत्रका केही कार्यक्रम सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा समावेश गर्छ, तर ती कहिल्यै कार्यान्वयन हुँदैनन् । निरक्षरता उन्मूलन, विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउने, गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नेलगायत त्यस्तै कार्यक्रम हुन्, जुन यसपटकको नीति तथा कार्यक्रममा पनि समावेश गरिएका छन् । आगामी वर्ष ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ ।
सरकारले विगत १२ वर्षदेखि निरक्षरता उन्मूलन गरी साक्षर नेपाल बनाउने प्रतिबद्धता गर्दै आएको छ । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने घोषणासहित ०६५–६६ मा अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरिएको थियो, तर देश अझै पूर्ण साक्षर बन्न सकेको छैन । ०७७–७८ को नीति तथा कार्यक्रममा पनि सरकारले यसलाई प्राथमिकतामा राखेको छ ।
यसअघि साक्षर नेपाल वर्ष २०७६ घोषणा गरिएको थियो । पहिलो पटकको घोषणाअनुसार दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित सञ्चालन भएको साक्षरता अभियानमा करिब साढे सात अर्ब खर्च भएको थियो ।
कहिले नीति तथा कार्यक्रम र कहिले बजेट भाषणमा साक्षरताको विषय उल्लेख हुने गरेको छ । तत्कालीन शिक्षामन्त्री प्रदीप नेपालदेखि अहिलेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसम्मले दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गरेका थिए । शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमका अनुसार अहिलेसम्म ५३ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने
काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...भारतबाट थप १५ मेगावाट विजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...ओलीको बोली र व्यवहार फरक–फरक
काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान
काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...यसरी गरिँदैछ प्रचण्ड–माधव एकता
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...

प्रतिकृया लेख्नुहोस्:
- चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
- मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ