Khabar Dabali Logo
  January 18, Mon

चामलको तौल भन्ने २५ किलो, बेच्ने २१ किलो

काठमाडौ । बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दैे एक पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको छ ।

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार तीन छुटै तौल भएको चामलको बोरा नापतौल विभागले परीक्षणका लागि लगेको छ । स्थानीय चामल या बाहिरबाट ल्याएर स्थानीय भन्दै बिक्री गरिएको परीक्षणको रिपोर्ट आएपछि थाहा हुने उनले जानकारी दिए ।

अनुगमनका क्रममा लोकल चामल भनेर अरुबाट नै खरीद गरेर चामल बिक्री गरेको र तौलका विषयमा आफू जानकार नभएको पसल सञ्चालकले बताएको उनले जानकारी दिए। “प्रारम्भिक अनुगमनका क्रममा बिक्री गर्ने पसलको पनि कमजोरी देखिएकाले तत्काल कारवाही गरिएको हो । चामल बिक्री गर्ने अन्य व्यक्तिहरुको खोजी गरिएको छ”, उनले भने, “गल्ती गर्नेहरुलाई नियमअनुसार विभाग र नापतौल विभागले छुट्टाछुट्टै कारवाही गर्नेछन् ।”

जेठ २ गते, २०७७ - २०:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब

काठमाडौ । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक...   

कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन

काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...   

आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...   

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...   

नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु

काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...   
जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...   
इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top