


नेपालगञ्जमा भारतबाट भित्रिएका तीन जनामा आरडिटी पोजेटिभ देखियो


-
-
जेठ २ गते, २०७७ - १७:२५

बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पु¥याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अहिले परीक्षण गरिएको छैन ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी गए राति नेपाल प्रवेश गराइएको हो ।
सीमानाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएको र नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
बाँकेका कोरोना सङ्क्रमितलाई दाङ
बाँकेको नरैनापुरमा आज भेटिएका आठ कोरोना सङ्क्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइने भएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेशन अस्पताल सङ्क्रमितले भरिएपछि उनीहरुलाई दाङ पठाउन लागिएको हो ।
बिरामीलाई दाङ लैजान नेपालगञ्जबाट स्वास्थ्यकर्मीसहित एम्बुलेन्स नरैनापुर पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने
prachanda-nepal काठमाडौं । नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल...विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश
काठमाडौं । राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार...इञ्जिनीयरलाई अब परीक्षा लिएर मात्र इजाजत दिने
काठमाडौँ । नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई...उपत्यकामा १७ सहित देशभरि ६२ अस्पतालमा काेराेना खोप दिइदै, प्रधानमन्त्रीले शुभारम्भ गर्ने
काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको...प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको...लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले...भारतसँगको सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
सर्लाही । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी...एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन...अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक...११ हजार ७८० खोप कर्णाली प्रदेश आइपुग्यो, भोलीबाट लगाउन शुरु
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...
