


घरमै भत्ता पाएपछि गौरीवासका वृद्धवृद्धा दङ्ग


-
-
जेठ २ गते, २०७७ - १४:४४

महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी लकडाउनमा बेखर्ची भएका महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीवासका वृद्धवृद्धा अहिले घरमै सामाजिक सुरक्षाभत्ता पाएर दङ्ग छन् । रकमको अभावमा आफ्ना रहर र आवश्यकता पूरा गर्न नपाएका यहाँका वृद्धवृद्धामा वडा समितिको कार्यालयले घरघरै पुगेर भत्ता दिन थालेपछि खुशी छाएको हो ।
“छोराछोरी लकडाउनले बाँधिएर रहे, कतै कमाउने ल्याउने कुरो रहेन”, लकडाउनको परिवेश सम्झँदै बर्दिवास–३ गौरीडाँडाकी ६५ वर्षीया अणदेवी शाहीले भने, “यसै बेखर्ची भएर टोलाइरहेका बेला वडाध्यक्ष र सचिवले घरमै चार महिनाको एकल महिला भत्ता ल्याइदिए, अब अलीबारलाई सानातिना खर्च टार्नसक्ने भइयो ।” एकल महिला शाहीले गत मङ्सिरदेखि फागुनसम्म चार महिनाको मासिक रु दुई हजारका दरले अहिले रु आठ हजार पाएका छन् ।
वडासमितिले चालू आर्थिक वर्ष २०७६र७७ को दोस्रो चौमासिकअन्तर्गत चार महिनाको सामाजिक सुरक्षा रकम घरघरै पुगेर वितरण गरिएको जनाएको छ । “जारी लकडाउनले अन्य धेरैजसो निर्माण काम अघि बढ्न सकेनन्”, बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले भने, “यस्तो बेला वृद्धवृद्धा, एकल महिला, ज्येष्ठ दलित र अपाङ्गता भएकालाई घरमै रकम पु¥याइदिनसके राहत हुने ठानेर बाँड्न शुरु ग¥यौँ ।”
गौरीवासको लम्बाइमात्र २० किलोमिटर र बस्तीहरु १० भन्दा बढी छन् । सबै बस्तीका सामाजिक सुरक्षाभत्ता पाउनेका घरघरै पुगेर वितरण गर्दा एक साता लाग्ने वडासचिव सन्तोष बराल बताउछन् । चुरे काछको पर्साहीधापदेखि बर्दिवासचोकसँग साँध जोडिएको बर्दिवास–३ मा सामाजिक सुरक्षाभत्ता पाउने एक हजार ३९ जना रहेको वडा कार्यालयले जनाएको छ ।
चैतमा बाँडिनुपर्ने रकम यसपालि चैत दोस्रो सातामै लकडाउन शुरु भएपछि वृद्धवृद्धा अब रकम कहिले पाइने भन्ने चिन्तामा थिए तर वडा समितिको कार्यालयले वैशाख निगल्दो घरघरै रकम पु¥याइदिन थालेपछि वृद्धवृद्धाको चिन्ता हटेको छ । “ए हजुर बेलाको कुरो हुँदोरहेछ” मासिक भत्ता रु तीन हजार पाउने ८० वर्षीय ज्येष्ठ नागरिक गौरीडाँडाका इखबहादुर दर्नालले भने, “अहिले अप्ठ्यारो बेलामा घरमै रकम पाएपछि के–के न पाएजस्तो भयो नि !” अहिले भत्तावापत रु १२ हजार पाउनुभएका दर्नालले लकडाउनमा खान बिस्कुट र दूधको जोहो भएको बताए ।
भत्ता हात परेपछि यहाँका वृद्धवृद्धाले खिर खाने, मासु खाने र नयाँ लुगा जोड्ने रहर पनि लकडाउनभित्रै पूरा गरेका छन् । “मैले त नयाँ लुगा पनि मगाएँ, दूध किनेर खिर पनि परिवारसाथ खाइयो”, गौरीवास कालापानीकी ७५ वर्षीया ज्येष्ठ नागरिक महाकाली विश्वकर्माले भने, “अब आफ्नै बस्तीमा खसी काटेका दिन मासु खाइन्छ ।” गौरीवास पाटुका ७८ वर्षीय बिन्दबहादुर विकले पनि अहिले पाएको भत्ता रकमले मिठाइ खान मन भएको बताएका छन् ।
आफ्नै नाउँको रकम ल्याइदिएको भए पनि खाँचोको बेलामा पाउँदा वृद्धवृद्धाको अनुहारमा अहिले खुशी देखिएको हो । वडाभरिका भत्ता पाउने एक हजार ३९ मध्ये २५० जनालाई रकम घरमै पु¥याइसकिएको वडासचिव बराल बताउछन् । जेठ पहिलो साताभित्र सबैलाई घरघरै भत्ता पु¥याइने वडा समिति कार्यालयको तालिका छ ।
बर्दिवास–३ मा थालिएको यो कामबारे छिमेकका धनुषा जिल्लाको मिथिला नगरपालिका, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र आफ्नै नगरका अन्य वडा बस्तीमा सकारात्मक चासो बढेको छ । लकडाउनका बेला सुरक्षाका उपाय अपनाएर वृद्धवृद्धालाई उनीहरुले पाउने रकम घरघरै पु¥याइने प्रबन्ध सबै वडाले गरिदिन पर्ने नेपाली काँग्रेस बर्दिवास नगर समितिका सभापति बाणिकराज काफ्ले बताउछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको...प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन...संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...

प्रतिकृया लेख्नुहोस्:
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
- पाइपलाइनमा समस्या छैन : आयल निगम