


खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, खेती नगरे चाहनेलाई जग्गा दिईंने


-
-
जेठ २ गते, २०७७ - १४:१८

कास्की । पोखरा महानगरपालिका–३० ले कृषि भूमि खाली नराख्न वडावासीलाई आग्रह गरेको छ । बन्दाबन्दीपछि खाद्य सङ्कट आउन सक्ने भन्दै वडा समितिको बैठकले वडाभित्र जग्गा रहेका धनीलाई कृषि उत्पादनसँग जोड्नसमेत आग्रह गरेको हो ।
बाँझो राखेमा त्यस्तो जग्गा खेती गर्न चाहनेलाई उपलब्ध गराइने पनि वडा समितिले निर्णय गरेको वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए। “हामी सकभर सम्बन्धित जग्गाधनीलाई नै खेती गर्न आग्रह गर्छौँ, उनीहरुले नमाने खेती गर्न चाहनेलाई उपलब्ध गराउँछौँ”, उनले भने, “हाम्रो उद्देश्य खेतीयोग्य जमिन बाँझो नरहोस् भन्ने नै हो ।”
उनका अनुसार वडामा दुई हजारभन्दा बढी रोपनी जग्गा रहेको एक सिजनको खेतीपछि बाँझो रहने गर्दछ । उनले पहिला जग्गाधनीलाई आग्रह गरिने, जग्गाधनीले नगरे नजिकका सधियारलाई भनिने र सधियारले पनि नमाने वडालाई सूचना दिएर जसले पनि खेती गर्न सके । जग्गाधनी र खेती गर्नेका बीच विवाद भए वडाले सहजीकरण गर्ने उनको भनाइ थियो ।
उनका अनुसार टोल विकास संस्थामार्फत एक हप्ताभित्र बाँझो जग्गाको लगत तयार गरिनेछ । विज्ञहरुसँग छलफल गरेर आधुनिक तरिकाबाट कृषि उत्पादन बढाउने विषयमा छलफल गर्ने तयारी भइरहेको छ । विगतका तीन वर्षका बजेटमा भौतिक पूर्वाधारलाई जोड दिइएको उल्लेख गर्दै, उनले आगामी दुई वर्षको योजनामा कृषि र रोजगार सिर्जनालाई समेटिने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु
जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...

प्रतिकृया लेख्नुहोस्:
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
- पाइपलाइनमा समस्या छैन : आयल निगम
- वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला