Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

भर्ना अभियान कहिले शुरु हुने अन्योलमा

सुर्खेत । यतिबेला विद्यार्थी भर्ना भएर कक्षा शुरु हुने समय हो । तर अहिले विद्यालय बन्द छन् । भर्ना अभियान कहिले शुरु हुने अन्योल कायमै छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहेपछि शिक्षा क्षेत्र प्रभावित हुन पुगेको छ । बन्दाबन्दी गत गत चैत ११ गतेदेखि शुरु भएको हो ।

कतिपय विद्यालयले गत शैक्षिकसत्रको वार्षिक परीक्षासमेत सम्पन्न गर्न पाएका छैनन् । परीक्षा लिएकाहरुले नतिजा प्रकाशन गर्न सकेका छैनन् । गत शैक्षिकसत्रअन्तर्गतका माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न बाँकी नै छ । कतिपय विद्यालयले आन्तरिक परीक्षामा विद्यार्थीहरुले ल्याएको अङ्कका आधारमा अन्तिम नतिजा प्रकाशन गरेका छन् । बन्दाबन्दी यथावत रहेको छ । जेठ महिना शुरु भइसक्दा भर्ना अभियानको टुङ्गो लाग्न सकेको छैन ।

प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयले भर्ना अभियान र नयाँ शैक्षिकसत्रबारे केन्द्र सरकारको निर्णय पर्खिरहेको छ । मन्त्रालयले बालबालिका भर्ना अभियान कसरी शुरु गर्ने भन्नेबारे ठोस योजना बनाउन सकेको छैन । मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले लकडाउन यथावत रहेकाले भर्ना अभियान कसरी थाल्नेबारे छलफल नगरिएको बताए । लकडाउन लम्बिएसँगै स्थानीय तह, सरोकारवाला सङ्घसंस्थासँग बालबालिकालाई घरमै पढाउने वातावरण मिलाउन पाठ्यपुस्तक उपलबध गराउन समन्वय गरिरहेको उनको भनाइ छ ।

“शिक्षकलाई लकडाउन लम्बिएमा बालबालिकालाई दैनिक घरमै पढ्न लगाउने गरी अभिभावकसँग समन्वय गर्न भनेका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो, “तर भर्ना अभियान सञ्चालनबारे केन्द्रले निर्णय नदिँदासम्म प्रदेशले केही गर्न सक्दैन ।” त्यस्तै लकडाउनमा एसइई दिने विद्यार्थीका लागि ‘भर्चुअल’ शिक्षा अध्ययन गराउन मन्त्रालयले निर्देशन दिएको छ । “कर्णालीमा २० प्रतिशतलाई मात्रै अनलाइनका माध्यमबाट अध्ययन गर्न सकिँदोरहेछ, बाँकी ८० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा नभएकाले एफएम रेडियोबाट कक्षा सञ्चालन गरिरहेका छौँ”, प्रवक्ता अधिकारीले भने ।

यसैबीच निजी विद्यालयहरुले लकडाउन अवधिको शुल्क लिने तयारी गरेपछि प्रदेश सरकारले शुल्क लिएमा कारवाही गर्ने चेतावनी दिएको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै लकडाउन अवधिको शुल्क नलिन अभिभावकलाई समेत सचेत गराएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies