


आरुघाट गाउँपालिकाका किसानलाई मल ढुवानीमा अनुदान, अब प्रतिबोरा ९५० मै पाइने


-
-
जेठ २ गते, २०७७ - १२:२६

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई राहत दिन कृषि मलको दुवानीमा अनुदान दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका कृषि सहकारी संस्थासम्म मल ढुवानीका लागि लाग्ने खर्च रकम अनुदान दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए । “वैशाख २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले ढुवानीवापतको खर्च गाउँपालिकाले व्यर्होने निर्णय गरेको छ”, उनले भने, “गाउँपालिकाले कृषकलाई सदरमुकामकै भाउमा घरघरमा मल उपलब्ध गराउन यस्तो निर्णय गरेको हो ।”
किसानलाई मल ढुवानीमा अनुदान दिएपछि बजारमा हुने मलको कालोबजारीसमेत अन्त्य हुने अध्यक्ष दाहालले बताए। “अब आरुघाट गाउँपालिकाका किसानले नारायणघाट वा वीरगञ्जकै भाउमा मल पाउँछन्”, उनले भने, “व्यापारीले मल ल्याएर कालोबजारी गर्ने समस्याको अन्त्य गर्न पनि सहकारीलाई मल ढुवानी खर्च दिने निर्णय गरिएको हो ।” अनुदानपछि लुकीछिपी सहकारीहरुले मनोमानी भाउमा मल बिक्री गर्नसमेत नपाउने अध्यक्ष दाहालको भनाइ छ ।
मल दुवानीका लागि पालिकाभित्र आवश्यक पर्ने मलको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको उनले बताए । “सबै वडाध्यक्षलाई आफ्नो वडामा आवश्यक पर्ने मल कति हो त्यसको विवरण सङ्कलन गर्न भनिएको छ”, अध्यक्ष दाहालले भने, “वडाबाट विवरण प्राप्त भएपछि त्यसैका आधारमा कृषि सहकारलाई दुवानीवापतको अनुदान रकम उपलब्ध गराउने छौँ ।” गाउँपालिकाले पालिकाभित्र करिब एक हजार ५०० बोरा मल आवश्यक पर्ने अनुमान गरेको उनले बताए ।
ढुवानीमा अनुदान दिएपछि कृषकले प्रति अब करिब रु ९५० मा घरघरमै रासायनिक मल पाउने गाउँपालिकाले जनाएको छ । अहिले आरुघाट गाउँपालिका क्षेत्रमा सोही दरको मललाई कृषकले रु एक हजार ६०० सम्म तिर्नुपरेको गुनासो आएको अध्यक्ष दाहालले बताए । “ढुवानीमा अनुदान दिएपछि मलको भाउमा एकरुपता कायम हुन्छ, उनले भने, “पालिकाभित्रका नागरिकको व्यापक जनगुनासोपछि गाउँपालिकाले कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अब हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट...बजारमा सुनको मुल्य घट्यो, आज तोलाको कति छ ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको...लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने...सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको...प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन...संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...
