


लकडाउनको समय थपिँदै जाँदा महिला यौन हिँसाका घटनामा पनि वृद्धि


-
-
जेठ २ गते, २०७७ - ११:५६

रोल्पा । लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए । अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
गत वैशाख ९ गते रुन्टीगढी गाउपालिकामा १६ वर्षीय युवकले बालिकालाई जवर्जस्ती करणी गरे । पीडक अहिले फरार छन् । बालिका भने परिवासँंगै छिन् । पीडित बालिकाको अवस्था अहिले सामान्य रहेको प्रनाउ गुरुङले जानकारी दिए । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय थपिँदै जाँदा महिला हिंसाका घटना समेत बढिरहेका छन् । यसबीचमा महिला घरेलुका साथै यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।
घरेलु हिंसा भोगिरहेका करीब १२ महिलाले मोबाइलबाट कुराकानी गरेको आचार्यको भनाइ छ । यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको आचार्यले बताए । सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रनाउ गुरुङ बताए । उनका अनुसार जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करणीका १३ उजूरी परेका छन् । त्यसरी प्राप्त उजुरीमध्ये १२ जबर्जस्ती करणी र एउटा जबर्जस्ती करणी उद्योगका रुपमा घटना दर्ता भएका छन । यो संख्या अघिल्ला वर्षमा हुने करणीका घटनाको तुलनामा धेरै हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...रेलमार्ग विस्तारमा अवरोध
विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए
बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ
रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै
- ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज