Khabar Dabali Logo
  January 28, Thu

सीमा नाघेर लुकीछिपी आवतजावत नरोकिएपछि दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

महोत्तरी । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ ।

जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।

“मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएको हो”, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, “यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।”

सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका सङ्क्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ । जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ । सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वारेन्टाइन केन्द्रमा पुर्याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ता स्वीकार गर्छन् ।

स्थानीय तहका बस्तीबस्तीमा बाहिरबाट आउनेहरुबारे जानकारी लिने र यसमा कडाइ गरिए स्थिति सम्हाल्न सजिलो हुने सीमा क्षेत्रकै बासिन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिव सौखीलाल यादवले बताए ।

जेठ २ गते, २०७७ - ११:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ

झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन...   

होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार...   

मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको...   

छिमेकीको खुकुरी प्रहारबाट घाइते मगरको उपचारमा समस्या

सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी...   
प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल...   

महोत्तरीमा सर्पलाई ‘नाग देवता’ भन्दै पूजा गर्नेहरूको घुइँचो

जलेश्वर । महोत्तरीको बलवा नगरपालिका– ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न...   
सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...   
स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु

काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...   
हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

काठमाडौँ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति...   
आगलागीबाट मानव बस्ती जोगाउनै हम्मेहम्मे

आगलागीबाट मानव बस्ती जोगाउनै हम्मेहम्मे

मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top