Khabar Dabali Logo
  January 24, Sun

नेपालका पहिलो संक्रमितको नमुना अवैध रूपमा विदेश पठाइयो

काठमाडौं । नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका ३२ वर्षका युवाको संकलित नमुना गैरकानुनी रूपमा विदेशी संस्थालाई अनुसन्धान गर्न पठाएको पाइएको छ । चीनको वुहानबाट आएका ती युवामा गत ९ माघमा संक्रमण पुष्टि भएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – स्वास्थ्य अनुसन्धानका लागि कुनै पनि नेपाली नागरिकको नमुना विदेश पठाउनुपूर्व नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिनुपर्छ । परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले दुई महिनाअघि पहिलो संक्रमितको नमुना अनुमति विना बाहिर पठाएको फेला परेको बताए ।

विना अनुमति विदेशी संस्थालाई अनुसन्धान गर्न नमुना पठाएको भन्दै परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झा, डाक्टरद्वय डा। रञ्जित शाह र डा। हेमन्तचन्द्र ओझा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका पूर्व निर्देशक डा। वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका पूर्व निर्देशक डा। विवेककुमार लाल र कोरोना उपचारमा संलग्न डा। अनुप बाँस्तोलालाई स्पष्टिकरण सोधेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हङकङ, बेलायत, साउदी अरब र जापानका विज्ञ पनि नेपाली युवाको नमुनाको अनुसन्धानमा सामेल थिए । परिषद्ले स्पष्टीकरण सोधेपछि डा। शाहले भने परिषद्का पदाधिकारीलाई भेटेर गल्ती स्वीकारेको स्रोतले जनाएको छ ।

सदस्यसचिव डा। ज्ञवालीका अनुसार नेपालमा देखिएको भाइरसको प्रभावकारिता जाँच गर्नका लागि यो जिन आवश्यक पर्छ ।

उनले भने, ‘नेपालीको जिन यहीँ सुरक्षित हुनुपर्छ, यो विभिन्न औषधि भ्याक्सिनहरू बनाउनका लागि प्रयोग गरिन्छ । अनुमति लिएर लगेको जिनबाट औषधि वा कुनै भ्याक्सिन बनाएमा त्यस्तो कम्पनीले केही वर्षसम्म निःशुल्क औषधि वा भ्याक्सिन नेपाललाई दिनु पर्छ ।’

जेठ २ गते, २०७७ - ०९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...   

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...   

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   

माघ १४ बाट कोरोना खोप लगाइने

काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...   

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...   

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...   

ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब

प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...   

कांग्रेसमा जुटेन सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top