


जसपाको केन्द्रमा ११ वटा संरचना प्रस्ताव


-
-
जेठ २ गते, २०७७ - ०८:५९

काठमाडौं। राजपा नेपाल र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रमा ११ संरचना राख्ने व्यवस्था गरेको छ । शीर्ष नेताको व्यवस्थापनका लागि धेरै संरचनाको व्यवस्था गरिएको एक नेताले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शीर्ष नेताहरूले दुवै पार्टीबाट दुई–दुईजनाको प्रतिनीधित्व रहेको चारसदस्यीय विधान तथा मस्यौदा कार्यदल बनाएका थिए । राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको त्यही कार्यदलले विधान र घोषणापत्रको पहिलो मस्यौदा बनाएर शीर्ष नेतालाई बुझाएको हो ।
प्रारम्भिक मस्यौदामा केन्द्रमा राष्ट्रिय महाधिवेशन समिति, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहेने व्यवस्था गरिएको छ ।
शीर्ष नेताहरूको सुझावअनुसार विधान र घोषणापत्रको प्रारम्भिक मस्यौदामा हेरफेर पनि हुनसक्ने कार्यदलमा रहेका नेताहरू बताउँछन् । ‘यो अन्तिम मस्यौदा होइन, हामीले अध्ययन र सुझाबका लागि दुवैतिरका शीर्ष नेताहरूलाई दिएका छौँ,’ कार्यदल सदस्य कर्णले भने । शीर्ष नेताहरूले अध्ययन र पार्टीमा छलफल गरेर सुझाबसहित पुनः समितिलाई दिने उनको भनाइ छ । त्यसपछि मात्रै कार्यदलले अन्तिम रूप दिनेछ ।
जसपा नेताहरू निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक तयारीमा पनि जुटिरहेका छन् । १० वैशाखमा एकीकरण भएका दुवै दलका नेताहरूले ११ वैशाखमा निर्वाचन आयोगमा लिखित जानकारी गराएका थिए ।
लकडाउनका कारण आवश्यक कागजात पूरा नहुँदा दल दर्ता भएको छैन । निर्वाचन आयोगको कानुनअनुसार २५ जेठभित्र एकीकृत पार्टी दर्ता गर्ने उनीहरूको तयारी छ । त्यसैका लागि अहिले विधान र घोषणापत्रमा काम भइरहेको नेता कर्णले बताए ।
एकीकरणपत्रमा हस्ताक्षर गरेका आठ नेताकै निर्देशनमा काम भइरहेको नेता राजेन्द्र श्रेष्ठले बताए । ‘उहाँहरूले विधान र घोषणापत्रबारे कसरी थप निर्देशन दिनुहुन्छ, त्यसमै भर पर्छ,’ उनले भने ।
एकीकृत दल दर्ताका लागि निर्वाचन आयोगमा नयाँ पार्टीको विधान, घोषणापत्रसहित नयाँ पार्टीको कार्यसमिति र पुरानो पार्टीहरूको केन्द्रीय समितिहरूको निर्णय पेस गर्नुपर्छ । अहिले विधान, घोषणापत्रसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारणी समिति बनाएर दल दर्ता गर्ने तयारी गरिएको छ ।
कार्यकारणी समितिमा रहने ५१ सदस्यको नाम टुंगो लगाउन पनि आठै नेता गृहकार्य गरिरहेका छन् । लकडाउनले बैठक बसाल्न अप्ठ्यारो भइरहेको जसपा नेताहरूले बताएका छन् । उनीहरू लकडाउन खुकुलो हुने समयको पर्खाइमा छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- औषधि उपचार गर्न व्यक्तिगत खर्च गर्नुपरेको कैदीबन्दीको गुनासो
- भारत र काँग्रेस भ्रममा
- पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
- विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
- ‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’