Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपालका संक्रमितमा कोरोना लक्षण किन छैन ? अध्ययन र विश्लेषण हुँदै

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा। मेघनाथ धिमाल भन्छन्, ‘नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे बोल्न अध्ययन नै गर्नुपर्ने भएकाले छलफल सुरु गरिएको हो ।

नेपालमा पनि कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदैछ । नेपाल प्रवेश गर्दा कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको अनुमानसहित स्वास्थ्य मन्त्रालयले अध्ययन–अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । अनुसन्धानमा कोरोना भाइरसको प्रकार, बनावट र संरचना हेरिने छ ।

देशभर अहिले देखिएका संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिनु र कुनै पनि संक्रमित आइसियूमा बस्नुपर्ने अवस्था नआएकाले यसले नेपालमा रूप परिवर्तन गरेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्वव्यापी रूपमा देखिएको ‘ट्रेन्ड’अनुसार सय संक्रमितमध्ये ८० जनामा सामान्य लक्षण देखिने, संक्रमितको १५ प्रतिशत आइसियू र पाँच प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यो अनुपात नेपालमा भने मिलेको छैन । अहिलेसम्म कुनै पनि संक्रमितलाई आइसियू र भेन्टिलेटरमा बस्नुपरेन । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश संक्रमितमा लक्षण समेत देखिएको थिएन ।

त्यस्तै, संसारभरको अध्ययनले ६० वर्षमाथिको उमेर समूहलाई कोरोना संक्रमणको उच्च जोखिम हुने देखाएको छ । तर, नेपालमा यो समूहका संक्रमितमा पनि लक्षण देखिएको छैन ।

अध्ययन–अनुसन्धान गर्ने जिम्मा पाएका परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्राज्ञिक संस्था, अस्पताल, वैज्ञानिक, नास्ट, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अनुसन्धानमा संलग्न संस्था र व्यक्तिलाई अनुसन्धानमा सामेल गराएको छ । परिषद्ले उनीहरूसँग बृहत् छलफल पनि गरेको छ ।

परिषद्का अनुसन्धानकर्ता डा। मेघनाथ धिमालका अनुसार नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ ।

अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे अहिले नै केही भन्न सकिँदैन । ‘अध्ययनपछि मात्रै बाल्न सकिन्छ, तयसका लागि छलफल सुरु गरिएको छ,’ डा।धिमालले भने ।

नेपालमा देखिएको कोरोना भाइरसको प्रजातिबारे पनि विज्ञ र अनुसन्धानकर्ता माझ बहस चलिरहेको छ । त्यस्तै, नेपालीमा रोग प्रतिरोधात्मक क्षमता अरू देशभन्दा भिन्न छ कि छैन भन्ने विषयमा पनि फरक–फरक मत छन् ।

केहीले कोरोना भाइरस नेपालमा कमजोर देखिनुमा हावापानी र खानेकुराको पनि प्रभाव हुन सक्ने अड्कल गरेका छन् । त्यस्तै, भाइरस कमजोर भएर भित्रिएको अनुमान पनि छ । भाइरोलोजिस्टहरूका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्दा साबिकभन्दा कडा वा नरम रूप लिन सक्छ ।

चीनदेखि युरोपसम्म पुग्दा कोरोना भाइरस फरक–फरक रूपमा पुगेको डा। धिमालले बताए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार नेपालमा संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेर्दा युरोप र भारतबाट आएकाहरू बढी छन् ।

युरोपबाट आएका संक्रमितमा कडा भाइरस र भारतबाट आएकामा सामान्य देखिएको छ । ‘यस्तो के कारणले भयो वा योभन्दा बाहिर अरू केही कारण छ कि भनेर खोज्ने प्रयास भइरहेको छ,’ डा।धिमालले भने ।

विज्ञहरूका अनुसार कोरोना भाइरसका सात प्रजाति छन् । तिनैमध्ये कोभिड–१९ रोग पनि एक हो । अन्य देशमा देखिएको भाइरससँग नेपालको तुलना पनि गरिनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies