


नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा


-
-
जेठ २ गते, २०७७ - ०८:१५

काठमाडौं । नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ । त्यसमाथि नेपालकै नक्सा राखिएको छैन ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ । त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ । सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ ।
२०६४ को संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ मा संविधान जारी गरिएको थियो । दुई वर्षमा संविधान बनाउने वाचा गरेका राजनीतिक दलले आठ वर्षमा संविधान त बनाए तर त्यहाँ नेपालको नक्सा राख्न बिर्सिए ।
नापी विभागका पूर्व महानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ मुलुकको मुल कानुन बनाउँदा राष्ट्रियता, सार्वभौमसत्तासँग जोडिएको विषयमा जनप्रतिनिधि गम्भीर नहुनु ठूलो गल्ती भएको बताउँछन् ।
‘देशको मूल कानुन बनाउँदा जनप्रतिनिधि राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनताप्रति जिम्मेवार भएको देखिएन’, उनी भन्छन्, ‘यो गम्भीर गल्ती हो ।’ संविधान संशोधन गरी उक्त गल्ती तत्काल सुधार्नु विकल्प नरहेको उनको ठम्याइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भुइँको टिप्दा न बादल, न वामदेव
काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर
काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन
काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने
काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...एक हजार निजी विद्यालय बन्द हुन सक्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल
काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...कोभिड चिकित्सकमाथि आक्रमण
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...
