Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

परराष्ट्रमन्त्री र श्रममन्त्रीबीच छलफल, प्रवासी नेपालीकाे छिट्टै उद्धार हुने विश्वास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास समन्वय कमिटीले प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायसँग छलफल गरेको छ ।

श्रव्यदृश्यका माध्यमबाट आज भएको छलफलमा प्रवास समन्वय कमिटीका संयोजक युवराज चौलागाईंले भारत र तेस्रो मुलुकमा रहेका नेपालीका समस्या एवं उद्धार प्रक्रियाका बारेमा मन्त्रीद्वयको ध्यानाकर्षण गराएका थिए । बैठकपछि रासससँग कुरा गर्दै संयोजक चौलागाईंले यस अघिका छलफलभन्दा आजको बैठक बढी प्रभावकारी, उद्देश्यमुलक र व्यावहारिक भएकाले अलपत्र परेका नेपालीको छिट्टै उद्धार हुने विश्वास व्यक्त गरे ।

उनले भने, “सरकारले आन्तरिक तथा बाह्य प्रयासलाई एकैसाथ अगाडि बढाएको जानकारी प्राप्त भयो, सरकारले विदेशमा रहेका नेपालीको धैर्यता र सावधानीपूर्वक उद्धार गर्नेमा हामी विश्वस्त छौँ ।” संयोजक चौलागाईंले प्रवासी नेपालीको उद्धारमा सरकार उदासीन बन्न नहुनेमा प्रवास कमिटीका तर्फबाट स्पष्ट दृष्टिकोण राखिएको जानकारी दिए ।

छलफलमा सहभागी श्रममन्त्री यादवले अन्यन्त्र भन्दा भारतमा रहेका नेपालीका समस्याले बढी पिरोलेकाले उनीहरुको उद्धारका बारेमा केही न केही पहल गरिने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारत र तेस्रो मुलुकका नेपालीलाई दुई भागमा विभाजन गरी फरकफरक कार्ययोजनाका साथ सरकार काम गरिरहेको बताए । उनले उद्धारका लागि योजना बनिरहेका उल्लेख गर्दै खाडी मुलुकबाट केही पीडितलाई तत्कालै उद्धार गर्नेबारे सरकारले प्रयास अगाडि बढाएको जानकारी दिए ।

यस्तै साइप्रसलगायत केही मुलुकबाट विद्यार्थीको उद्धार गर्नेबारेमा पनि संवाद भइरहेको उनले जानकारी दिए । उक्त छलफलमा नेकपा प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त, सचिव श्रीप्रसाद साहलगायत सहभागी थिए । यसैबीच कोरोनाको कहर बढ्दै जाँदा भारतबाट करिब एक लाख नेपाली स्वदेश फर्कन आतुर रहेका छन् भने खाडीलगायत देशबाट झण्डै १० लाख नेपाली फर्कन सक्ने आँकलन गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies